क्राइस्टचर्च: भारतीय टोली न्यूजील्याण्डविरुद्ध जारी दोस्रो टेस्ट म्याचमा चरम दबाउमा रहेको छ। भारतले शनिवार दोस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा ६ विकेट गुमाएर ११६ रन बनायो। यसअघि न्यूजील्याण्डको पहिलो ईनिंग्स ३५६ रन बनाएको थियो। यसरी भारत पहिलो ईनिंग्सको आधारमा न्यूजील्याण्डभन्दा २४० रन पछि रहेको छ। ध्रुव जुरेल ७ रनमा अविजित छन्। वाशिंगटन सुन्दर १० रन बनाएर नाथन स्मिथको शिकार हुनको साथै दोस्रो दिनको खेल समाप्त भयो। आज न्यूजील्याण्डका पेस बलरहरूले भारतको शीर्ष क्रमलाई तहसनहस पारे। भारतको निम्ति दोस्रो टेस्ट म्याचको दोस्रो दिन पनि असल रहेन। पहिला भारतीय फील्डरहरूले आकाश दीपको बलिंगमा केही क्याच फुत्काए। यति सब भएर पनि आकाश दीप ५ विकेट लिन सफल भए। यसबाहेक भारतले केही रन आउटको मौका पनि गुमायो। यी सब गल्तीहरूले गर्दा भारतले कम्तीमा ५० अतिरिक्त रन खर्च गऱ्यो। त्यसपछि रहलपहल दुर्दशा भारतीय ब्याटरहरूले पूरा गरे। अहिले भारत समक्ष टेस्ट म्याच बचाउने चुनौती रहेको छ। न्यूजील्याण्डका सबै पेस बलरहरूले विकेट हासिल गरे अनि आयोजक टोलीको नजर ठूलो बढ़त हासिल गर्ने रहेको छ। आज पहिलो सत्रको खेलमा २४ ओभरमा ८४ रन बनिएर ३ विकेटको पतन भयो जबकि दोस्रो सत्रको खेलमा २२.१ ओभरमा ८५ रन बनाएर ५ विकेटको पतन भयो। दिनको अन्तिम सत्रमा ३१.२ ओभरमा केवल ५७ रन बनिएर ३ विकेटको पतन भयो। आज न्यूजील्याण्डले पहिलो दिनको स्कोर ५ विकेटमा २४६ रनदेखि अघि खेल्दै थप ११० रन रन बनाएर रहल ५ विकेट गुमायो। आज अंशुल कम्बोजले ग्लेन फिलिप्सलाई आउट गरी दिनको पहिलो सफलता दिलाए, जसले ३६ रन बनाए। यसरी २४७ रनमा फिलिप्स आउट भएपछि अर्द्धशतक बनाएर क्रीजमा रहने टम ब्लण्डेलले तल्लो क्रमका ब्याटरहरूसँग ससाना साझेदारीहरू गरी टोलीलाई असल स्थितिमा पुऱ्याए। ब्लण्डेलले नाथन स्मिथसँग सातौं विकेटको निम्ति ४४ र काइल जेमिसनसँग आठौं विकेटको निम्ति ३३ रनको साझेदारी गरे। ब्लण्डेल अन्तमा २११ बलमा ८९ रन बनाएर आउट भए। उनले १० वटा चौका लगाए। नाथन स्मिथले २६ रन बनाए जबकि जेमिसन र म्याट हेनरीले १९-१९ रनको योगदान दिए। भारतीय बलरहरूमा आकाश दीपले ५ विकेट लिए। यसबाहेक कम्बोज र गुरनूर बराड़ले २-२ विकेट हासिल गरे। जसप्रीत बुमराहले २६ ओभर बलिंग गरे पनि कुनै विकेट पाएनन्। त्यसपछि भारतको पहिलो ईनिंग्समा शुरुवात खराब रह्यो अनि ओपनर यशस्वी जयसवाल पहिलो ओभरमा खाता नखोली म्याट हेनरीको शिकार बने। त्यसपछि पहिलो टेस्टमा शतक बनाउने केएल राहुलले धैर्यको साथ खेल्ने प्रयास गरे पनि अर्को प्रान्तमा एकपछि अर्को विकेटको पतन भयो। जेमिसनले देवदत्त पडिक्कलको साथमा भारतीय कप्तान शुभमन गिलको विकेट लिएर न्यूजील्याण्डको आत्मविश्वास बढ़ाए। पडिक्कलले २५ र गिलले १७ रन बनाए। त्यसपछि क्रीजमा आउने रिषभ पन्तले आफ्नो मिजासमा खेल्दै केही आक्रामक शट् लगाए पनि अधिक समयसम्म क्रीजमा कायम रहन सकेनन्। पन्त एउटा छक्का र एउटा चौकाको सहायताले २३ रन बनाएर आउट भए। संयमको साथ खेलिरहेका राहुल २५ रन बनाएर जेकब डफीको दोस्रो शिकार बने। राहुलले ८० बल खेलेर ३ वटा चौका लगाए। अन्तमा वाशिंगटन सुन्दर पनि १० रन बनाएर आउट हुनको साथै दोस्रो दिनको खेल समाप्त घोषित गरियो।





