दिल्ली: दिल्लीको नरेलामा रहेको प्लास्टिक जुत्ता बनाउने कारखानाको तेस्रो तल्लामा भीषण आगलागी भएको छ। यस आगलागीमा २० जना गम्भीर घाइते भएका छन् भने ३ जनाको मृत्यु भएको छ। भवनमा अझै ३ देखि ४ जना फसेको आशंकामा उनीहरुलाई बाहिर निकाल्ने प्रयास जारी रहेको बताइएको छ। घटनाको बारेमा दमकल विभागलाई जानकारी दिइएको थियो, त्यसपछि १० दमकल घटनास्थल पुग्यो। भवन वरपरका घरहरूलाई पनि सचेत गराइएको छ। आगलागी भवनमा पूर्णरुपमा फैलिसकेको थियो भने २० जना गम्भीर घाइते भएका थिए। घाइतेहरूलाई तुरुन्तै नजिकैको अस्पताल लगिएको थियो जहाँ चिकित्सकले तीनजनाको मृत्यु भएको पुष्टि गरेका थिए। अहिले पुलिस र दमकलको टोली उद्धार कार्यमा जुटेको छ। समाचारअनुसार घटनाको समयमा कारखानामा करिब एक सय कामदार थिए।