एचआईएल-को अघिल्लो संस्करण जनवरीको पहिलो सातादेखि, लिलामी ७ दिसम्बरमा

IMG-20261126-WA0086

नयाँ दिल्ली: हकी इण्डिया लीग (एचआईएल) २०२६-२७-को शुरुवात जनवरीको पहिलो सातादेखि हुनेछ, जसको निम्ति पुरुष अनि महिला दुवै प्रतियोगिताको निम्ति खेलाड़ीहरूका लिलामी ७ दिसम्बर २०२६-मा हुनेछ। हकी इण्डिया लीगको आउँदो सीजनमा पुरुषहरूका प्रतियोगितामा ६ र महिलाहरूकी प्रतियोगितामा ४ वटा फ्रेञ्चाइजीले हिस्सा लिनेछ। यस लीगले घरेलु र अन्तर्राष्ट्रिय हकी प्रतिभाहरूलाई एउटा असाधारण मञ्च प्रदान गर्ने आफ्नो प्रतिबद्धताहरूलाई जारी राख्नेछ। दिसम्बरमा हुने लिलामी अघि फ्रेञ्चाइजीहरू खेलाड़ीहरूका ट्रेडिंग र रिटेन्शनको प्रक्रियामा सामेल हुनेछ। हकी इण्डियाले बताएअनुसार, प्रत्येक फ्रेञ्चाइजीले २९ नोभेम्बर २०२६-सम्म अन्य फ्रेञ्चाइजीहरूलाई आफ्नो सम्भावित खेलाड़ी ट्रेडबारे सीधा सूचित गर्नु पर्नेछ। आधिकारिक ट्रेडिंग विण्डो २९ नोभेम्बर दिउँसो १२ बजीसम्म खुल्ला रहनेछ अनि २ दिसम्बर बिहान १० बजी बन्द हुनेछ। त्यसपछि फ्रेञ्चाइजीहरूले दिउँसो १२ बजीसम्म एचआईएल-लाई टोलीबाट रिलीज गर्ने खेलाड़ीहरूबारे जानकारी दिँदै आफ्नो अन्तिम टोलीको सूची जमा गर्नु पर्नेछ। त्यही दिन साँझ ५ बजी एचआईएल-ले सबै फ्रेञ्चाइजीलाई लिलामीको निम्ति खेलाड़ीहरूका संयुक्त सूची पठाउनेछ। त्यसपछि गत सीजनको प्रक्रियालाई पालन गर्दै फ्रेञ्चाइजीहरूसँग ३ दिसम्बर साँझ ५ बजीसम्म ती खेलाड़ीहरूका सूची जमा गर्ने समय हुनेछ, जसलाई उनीहरू लिलामीमा सामेल गर्नको निम्ति चयन गर्न चाहन्छन्। लिलामीको निम्ति खेलाड़ीहरूका सूचीमा राँची रोयल्स पुरुष टोली र एचआईएल गवर्निंग काउन्सिल टोलीका खेलाड़ीहरू पनि सामेल हुनेछन्। लीगको २०२६-२७ सीजनको निम्ति पुरुष प्रतियोगितामा हरेक फ्रेञ्चाइजीको निम्ति सेलरी क्याप ४ करोड़ रुपियाँ र महिला प्रतियोगितामा २ करोड़ रुपियाँ तय गरिएको छ। लिलामी सामेल हुने खेलाड़ीहरूका बेस प्राइस २ लाख, ५ लाख र १० लाख रुपियाँ हुनेछ। यसद्वारा फ्रेञ्चाइजीहरूलाई तय वित्तीय ढाँचा भित्र आफ्नो टोली बनाउन स्पष्ट श्रेणीहरू प्राप्त हुनेछ।

About Author

Advertisement