लुटपाटमा संलग्न दुईजना पक्राउ

IMG_20221101_144030.jpg

सिलगढी। सिलगढी महानगरीय प्रहरी अन्तर्गतको भक्तिनगर थानाले २४ घण्टाभित्र लुटपाटको घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ। आरोपितको नाम सुब्रत दत्त (२४) र जीवन राई (२२) रहेको छ। प्रहरी स्रोतका अनुसार सोमबार दुवैले लुटपाट गरेको हो। हैदरपाडा क्षेत्रमा सोमबार एक महिला लुटिएको छ। प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement