अलिपुरद्वार: पोखरीबाट माछा मार्ने क्रममा डुबेर एक श्यामल मुर्मु (३४) युवकको मृत्यु भएको छ। उनको घर अलीपुरद्वार जिल्लाको फलकाटा ब्लकको देवगाउँ ग्राम पञ्चायतको दक्षिण देवगाउँ क्षेत्रमा छ। पारिवारिक स्रोतका अनुसार उनी बिहान चिया पिएर घरबाट निस्किएका थिए। दिउँसोसम्म पनि श्यामल घर नफर्केपछि आफन्तले खोज्न थाले। खोजीका क्रममा पोखरीको किनारमा श्यामलको जुत्ता देखेपछि परिवारलाई शंका लागेर उनीहरु तल ओर्लिएका थिए। पोखरीमा श्यामलको शव फेला परेको थियो।