राज्यका पुलको अवस्थाबारे आज नवान्नमा महत्वपूर्ण बैठक

Nabanna

कोलकाता: गुजरातको मोरबी पुल दुर्घटनापछि पश्चिम बङ्गाल सरकारले पनि आफ्नो राज्यमा सतर्कता अप्नाएको छ। पीडब्ल्युडी मन्त्री पुलक रोयले आज नवान्नमा विभागीय अधिकारीहरूसँग राज्यभरका पुलहरूको अवस्था र कुन पुल वा फ्लाईओभर मर्मत गर्न आवश्यक छ भन्ने बारे बैठक गर्नेछन्। बैठकमा जिल्ला तहका पदाधिकारी पनि थपिने अभिनव स्रोतले जनाएको छ। स्रोतका अनुसार यस बैठकमा राज्यका मुख्य सचिव एचके द्विवेदी पनि उपस्थित हुन सक्छन्। यहाँका विभागीय अधिकारीले राज्यका पुलको विषयमा बैठकमा छलफल हुने बताए। अहिले गुजरातमा भएको घटनालाई लिएर राज्य सरकार सतर्क बनेको छl यस क्षेत्रमा कुनै समस्या नआओस् भनेर आजको बैठकमा निर्देशन दिइनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement