सिलगढी: इसाई जगतको वरिष्ठ अगुवा, कुसल व्यक्तित्व, वरिष्ठ साहित्यकार एंव बाइबल शिक्षक रेभरेन्ट छत्र सुब्बा पावललाई एक कार्यक्रमबीच सिलगढीमा सम्बर्ध्दना जनाइएको छ। अमेरिकाबाट प्रसारित हुने रेडियो जीवनको यात्राको मुख्य आयोजनामा अनि स्रष्टा सङ्गम र भारत नेपालका मिडियाकर्मीहरूको सह कार्यमा सम्पन्न कार्यक्रममा कालेबुङ निवासी रेभरेन्ट डा. छत्र सुब्बा पावललाई सम्बर्ध्दना जनाइएको छ। यस अवसरमा उनलाई खदार्पणसहित शल ओढ़ाएर सम्मान गर्दै सम्बर्ध्दना पत्र प्रदान गरी सम्बर्ध्दना जनाइएको छ भने नगगराशि एक लाख रूपियाँ पनि प्रदान गरिएको छ। सिलगढीस्थित एकता बिक्सको यक्सामा सम्पन्न उक्त सम्बर्ध्दना कार्यक्रमको अध्यक्षता प्रेरित ध्रुव शिष्यले गरेका थिए भने प्रमुख अतिथिको रुपमा रेभरेन्ट डा. बीडी राई उपस्थित रहेका थिए। पास्टर सुरेन खवासको शुरुको प्रार्थनाद्वारा थालिएको कार्यक्रममा स्वागत सम्भाषण एंव कार्यक्रमको औचित्य विषयमा जीवनको यात्रा रेडियोका सञ्चालक पास्टर यम सिवाले राखेका थिए। पास्टर बिजय सुब्बा र स्टेला राईले सञ्चालन गरेको कार्यक्रममा गायक प्रज्वल रामतेलले गीत प्रस्तुत गरेका थिए भने कवियत्री क्यामुना प्रधानले डा. छत्र सुब्बा पावल विषयमा लेखेका कविता पठन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित रेभेरेन्ट डा. बीडी राईले आफ्नो सम्बोधनमा डा छत्र सुब्बा पावल निडर र सत्य कुरालाई लिएर सदैव लेख्ने व्यक्ति रहेको बताउँदै डा. छत्र सुब्बालाई सम्बर्ध्दना गर्नु ढिलो भयो तर आज सम्बर्ध्दना गरिएकोमा सराहना गरे। उनले हामी भरिएर पोखिनु आवश्यक छ तर भरिनुलाई प्रथममा रित्तिनु आवश्यक रहेको बताउँदै कर्म चाहिं बोलीभन्दा बेसी हुनु पर्ने साथै लिडर भएर कर्मयोगी र व्यवहारिक हुनु पर्ने बताएका छन्। डा. बीडी राईले कुनै व्यक्तिलाई सम्बर्ध्दना गर्नु बाईबलले पनि बताएको जनाएका छन्। कार्यक्रममा रेभरेन्ट डा. छत्र सुब्बा पावलमाथि सभाध्यक्ष प्रेरित ध्रुव शिष्य, वरिष्ठ साहित्यकार सलोन कार्थक, डा. मनोज श्रेष्ठ, हनोक थापा, गिदोन लामिछाने, पास्टर जोना बल, लाजरस थुलुङ, सन्त गजमेर आदिले वक्तव्य राखेका थिए। कार्यक्रममा सम्बर्ध्दित व्यक्ति रेभरेन्ट डा. छत्र सुब्बा पावलले आयोजक समिति जीवनको यात्रा रेडियो सञ्चालक पास्टर यम सिवा लगायत सबैमा आभार प्रकट गरेका छन्। कार्यक्रमग अन्तिम प्रार्थना पास्टर ईसाक छेत्रीले गरेका थिए भने अन्तिम आशिष प्रेरित ध्रुव शिष्यले राखेका थिए।