दार्जिलिङको चुङथुङ अन्तर्गत ८६ चन्द्रपालधुरा निवासी बिनय सुब्बाको घर आगालागीमा स्वाहा

IMG_20221101_123019.jpg

दार्जिलिङ: दार्जिलिङको चुङथुङ अन्तर्गत ८६ चन्द्रपालधुरा निवासी बिनय सुब्बाको घरमा राती आगालागी हुँदा घर जलेर स्वाहा भएको छ। उक्त घटना के कारणले भएको हो स्पष्ट नभएको छैन भने घटनाको समय घरमा कोही नभएको बताइएको छ। उक्त घटनामा अहिलेसम्म कसैलाई कुनै प्रकारको चोटपटक तथा मानव क्षति नभएको थाहा लागेको छ। तर आगलागीमा घर भने जलेर स्वाहा भएको जानकारी प्राप्त भएको छ। उक्त घटनाको खबर पाउनासाथ क्षेत्रीय सभासद सन्दिप छेत्रीले घटनास्थलको निरीक्षण गर्न पुगेका थिए। उनले आफ्नो तर्फबाट अनि जीटिएको पक्षबाट भरपूर सहयोग गरिदिने वचन दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement