नयाँ दिल्ली: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई विशेष उपहारस्वरूप वाराणसीको प्रसिद्ध बनारसी रेशमी सल प्रदान गरेका छन्। दुई देशबीचको परम्परागत सांस्कृतिक सम्बन्ध झल्काउने उद्देश्यले मोदीले उक्त सल उपहार दिएका हुन्।
दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली पुगेका नेपाली प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री मोदीले विशेष रूपमा तयार पारिएको सल हस्तान्तरण गरेका थिए। परम्परागत गुजराती शैलीमा निर्माण गरिएको सन्दुक आकारको आकर्षक बाकसभित्र राखेर उक्त उपहार प्रदान गरिएको थियो।

यसअघि सोमबार दिउँसो नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री मोदी र नेपाली प्रधानमन्त्री शाहबीच भेटवार्ता भएको थियो। भेटका क्रममा दुवै नेताबीच सुरुमा एकान्त वार्ता भएको थियो। त्यसपछि प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय छलफल सम्पन्न भएको थियो।
वार्ताका क्रममा भारत र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयका साथै आपसी हित, सहयोग र द्विपक्षीय सम्बन्धका विभिन्न आयामबारे छलफल भएको बताइएको छ।
प्रधानमन्त्री मोदीले प्रदान गरेको बनारसी रेशमी सललाई भारतको समृद्ध हस्तकला तथा सांस्कृतिक परम्पराको प्रतीकका रूपमा हेरिएको छ।





