भारत र न्यूजील्याण्डबीच पहिलो टेस्ट म्याच ड्र, बलरहरूका व्यर्थताले डुबायो भारतलाई

IMG-20261123-WA0071

वेलिंगटन: भारत र न्यूजील्याण्डबीच वेलिंगटनको बेसिन रिजर्भमा खेलिएको पहिलो टेस्ट म्याच ड्र रह्यो। भारतलाई जीतको निम्ति म्याचको पाँचौं तथा अन्तिम दिन सोमवार ८ विकेट लिने आवश्यकता थियो। भारतीय बलरहरूले न्यूजील्याण्डको दोस्रो ईनिंग्समा जम्मा ५ विकेट हासिल गर्न सके पनि डेरिल मिचेल र ग्लेन फिलिप्सले क्रीजमा खुट्टी गाड़ेर भारतलाई जीतदेखि वञ्चित गरे। अन्तमा तेस्रो सत्रको खेलमा दुवै टोलीका कप्तान म्याच ड्र गर्न राजी भए। म्याच ड्र-मा समाप्त गर्ने फसेला लिइँदा भारतलाई जीतको निम्ति अझ ५ विकेटको आवश्यकता थियो अनि १५ ओभरको खेल बाँकी थियो तर पीचको स्थितिलाई ध्यानमा राख्दा यति विकेट हासिल गर्नु मुश्किल प्रतीत भइरहेको थियो। यससैकारण भारत म्याच ड्र गर्न राजी भयो। न्यूजील्याण्डले आफ्नो दोस्रो ईनिंग्समा असाधारण लड़ाइँ गरेर भारतीय बलरहरूलाई सजिलै विकेट लिन दिएन। यसरी भारतले जित्ने म्याच हातबाट फुत्कायो जबकि न्यूजील्याण्ट टेस्ट म्याच बचाउन सफल भयो। मिचेल र फिलिप्सले पाँचौं दिन भारतीय बलरहरूलाई थकित बनाए। यी दुईजनाले मिलेर २५८ बलको सामना गरी न्यूजील्याण्डलाई बचाए अनि ६३ रनको अटूट साझेदारी गरे। मिचेलले १८६ बलमा ४ वटा चौका र एउटा छक्काको सहायताले अविजित ४९ रन बनाए। यसरी सीमित ओभरहरूका सीरीजदेखि नै भारतको निम्ति चिन्ताको विषय बन्ने फिलिप्सले १२६ बलमा २ वटा चौकाको सहायताले अविजित २६ रन बनाए। म्याच ड्र घोषित गरिँदासम्म न्यूजील्याण्डले १२० ओभर ब्याटिंग गरेर ५ विकेटमा २३९ रन बनाएको थियो। वेलिंगटन टेस्ट म्याचमा न्यूजील्याण्डले पहिला ब्याटिंग गर्दै हेनरी निकोल्स (अविजित १७५) र ग्लेन फिलिप्स (११८)-को शतकको सहायताले ३६८ रन बनाएको थियो। त्यसपछि भारतले पनि असाधारण प्रदर्शन गर्दै ९ विकेटमा ७२० रनको विशाल स्कोर बनाएर पहिलो ईनिंग्स घोषित गरेको थियो। भारतको तर्फबाट केएल राहुल (१३६) र रिषभ पन्त (१२८)-ले शतक बनाउनको साथै यशस्वी जयसवाल (८५), कप्तान शुभमन गिल (९८), देवदत्त पडिक्कल (८०) र ध्रुव जुरेल (७८)-ले अर्द्धशतक बनाएका थिए। यसरी भारतले पहिलो ईनिंग्सको आधारमा ३५२ रनको बढ़त हासिल गरेको थियो। भारतले चौथो दिनको तेस्रो सत्रमा ईनिंग्स घोषित गरेको थियो। यसरी भारतसँग लगभग ४ सत्रको खेलमा विपक्षी टोलीको १० विकेट हासिल गर्ने चुनौती थियो। भारतले म्याचको चौथो दिन नै न्यूजील्याण्डको दोस्रो ईनिंग्समा २ विकेट हासिल गरेको थियो। त्यस समय भारतले टेस्ट म्याच ईनिंग्सको अन्तरले जित्न सक्ने लागिरहेको थियो तर मिचेल र फिलिप्सले धैर्यको साथ खेल्दै न्यूजील्याण्डलाई हारको सम्मुखीन हुनदेखि बचाए। न्यूजील्याण्डले सोमवार चौथो दिनको स्कोर २ विकेटमा ११९ रनदेखि अघि खेल्न शुरु गऱ्यो। भारतलाई आज डेवोन कन्वेको रूपमा दिनको पहिलो सफलता हासिल भयो। कन्वे १६५ बलमा ७ वटा चौकाको सहायताले ६५ रन बनाएर स्पिनर वाशिंगटन सुन्दरको शिकार बने। त्यसपछि प्रसिद्ध कृष्णाले रचिन रवीन्द्रलाई पनि आउट गरे। रचिनले १२९ बलमा ४ वटा चौकाको सहायताले ३७ रन बनाए। टम ब्लण्डेल पनि ५४ बलमा १५ रन बनाएर आउट भए, जसमा एउटा चौका सामेल छ। यसरी ब्लण्डेलको रूपमा पाँचौं विकेटको पतन हुँदा स्कोर १७६ रन रहेको थियो। त्यहाँबाट मिचेलले फिलिप्ससँग मिलेर टोलीलाई बचाउने प्रयास शुरु गरे, जुन अन्तमा सफल साबित भयो। भारतलाई आज दोस्रो सत्रको खेलमा विकेट हासिल गर्ने धेरै मौका प्राप्त भएको थियो तर टोलीले त्यसको फाइदा उठाउन सकेन। मिचेलले नै ३ पल्ट जीवनदान पाए। पहिलो आकाश दीप उनलाई रन आउट गर्नदेखि चुके। त्यसपछि कृष्णाको बलिंगमा उनले जीवनदान पाए। अंशुल कम्बोजको बलिंगमा पडिक्कलले मिचेलको कठिन क्याच लिन सकेनन्। मिचेल र फिलिप्सले धैर्यको साथ ब्याटिंग गर्दै दोस्रो नयाँ बलको पनि डटेर सामना गरे। न्यूजील्याण्डविरुद्ध पहिलो टेस्ट म्याच ड्र हुँदा भारतको निम्ति आईसीसी विश्व टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) फाइनलमा पुग्ने बाटो अझ कठिन भयो। म्याच ड्र हुँदा दुवै टोलीलाई ४-४ अंक त हासिल भयो तर भारतको पोइण्ट परसण्टेज (पीटीसी) ५१.५२ प्रतिशतबाट घटेर ५०.०० प्रतिशत पुग्यो। यसरी न्यूजील्याण्ड पनि झरेर तेस्रो स्थान (६६.६७ प्रतिशत)-मा पुगेको छ। यसले अष्ट्रेलिया (६९.२३ प्रतिशत)-लाई दोस्रो स्थानको सीधा फाइदा प्राप्त भयो। यस चक्रमा भारतले अब केवल ६ वटा टेस्ट म्याच खेल्नु छ।

About Author

Advertisement