गृहमन्त्री अमित शाहद्वारा अरुणाचलमा सहकारी भिजन २०४७ र विभिन्न विकास योजनाको उद्घाटन​

2951c4cd-c951-41c5-aa93-98fe01de650a

ईटानगर: ​भारतीय गृहमन्त्री अमित शाहले अरुणाचल प्रदेशको सहकारी क्षेत्रलाई पुनर्जीवित गर्ने उद्देश्यका साथ ‘अरुणाचल प्रदेश सहकारी भिजन २०४७’ सार्वजनिक गर्नुभएको छ। आज आयोजित सहकारी सम्मेलनका अवसरमा उहाँले उक्त भिजन सार्वजनिक गर्नुभएको हो।​उद्घाटन समारोहमा स्थानीय सहकारी संस्था तथा स्वयं सहायता समूहहरूलाई बजार उपलब्ध गराउने उद्देश्यले ‘सरस मेला’ को समेत शुभारम्भ गरिएको छ। सो अवसरमा ऋण सहायता, बीउबिजन तथा माइक्रो-एटीएम वितरण गरिएको जनाइएको छ। साथै, भिभिपी(वाइब्रेंट विलेजेज प्रोग्राम) अन्तर्गत ११०.९० करोड भारु योजना परिव्यय रहेका १९९ नयाँ पहलहरूको पनि उद्घाटन गरिएको छ।​यसैगरी, राज्यको समग्र विकासलाई लक्षित गर्दै ‘मिसन शिक्षित अरुणाचल फेज–२’ लगायतका महत्त्वपूर्ण योजनाहरू शुभारम्भ गरिएका छन्। कार्यक्रममा २ हजार करोड भारुको मुख्यमन्त्री समग्र राज्य ऊर्जा विकास कार्यक्रम तथा २ हजार करोड भारुको मुख्यमन्त्री समग्र राज्य ग्रामीण सडक विकास कार्यक्रमको समेत सुरुवात गरिएको छ।​

About Author

Advertisement