कञ्चनजंघा एफसी क्वार्टर फाइनलमा

३१ अक्टोबरः उत्तर बंगालको अग्रणी टीम कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले उत्तराखण्डमा जारी प्रतिष्ठित द हिमालयन चिफ मिनिस्टर फूटबल टुर्नामेण्टको क्वार्टर फाइनलमा स्थान बनायो। एमबी एजुकेशनल सोसाइटीद्वारा आयोजित यस टुर्नामेण्टको पूल डी-मा रहने केएफसी-ले सोमवार खेलिएको म्याचमा लद्दाखको टीमलाई १५-०-ले ठूलोअन्तरले पराजित गऱ्यो। विजेता टीमबाट म्याचमा नामोंग तामाङ एक्लैले ४ गोल गरे। यसबाहेक अनित राई र पुजन सुब्बाले पनि म्याचमा ह्याट्रिक गरे। अरुण तामाङ र अभिषेक ठकुरीले २-२ गोल गरे। यसरी नै आतिष राईले पनि म्याचमा १ गोल गरे। केएफसी-का कार्यकारी अध्यक्ष सुरेन प्रधानले बताएअनुसार, यस जीतको साथै केएफसी-ले टुर्नामेण्टको नक्आउट राउण्डमा स्थान सुरक्षित गऱ्यो। केएफसी-ले अब ग्रुप चरणको अन्तिम म्याचमा सीआरपीएफ-को चुनौती स्वीकार्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement