स्व. इन्दिरा गान्धीको पुण्यतिथि सिक्किम प्रदेश कांग्रेसद्वारा पालन

IMG_20221031_222410.jpg

गान्तोक: आज पूर्व प्रधानमन्त्री स्व. इन्दिरा गान्धीको ३८औ पुण्यतिथि सिक्किम प्रदेश कांग्रेसद्वारा सिक्किम प्रदेश कांग्रेस समितिको छ माइलस्थित मुख्यालयमा पालन गरियो। यो स्मृति कार्यक्रममा कांग्रेस पार्टी कार्यकर्ताहरुले स्व. गान्धीको प्रतिमामा श्रद्धाञ्जली अर्पित गरे। स्व. इन्दिरा गान्धीको पुण्यतिथिमा सिक्किम प्रदेश कांग्रेस समितिले देशप्रति उनका अनेकौ योगदानबारे चर्चा गरेको विज्ञप्तिमा बताइएको छ। कार्यक्रममा उपस्थित कांग्रेसीहरुले स्व. इन्दिरा गान्धीको राजनीतिक सफलता र उपलब्धिमाथि प्रकाश पारे। उनको गौरवपूर्ण नेतृत्वको सराहना गर्दै उनको हत्याप्रति दुःख व्यक्त गरियो। उनको षड्यन्त्रपूर्वक आफ्नै सुरक्षा कर्मीहरुको हातबाट ३१ अक्टोबर, १९८४ को दिन हत्या गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement