सिलगढीमा आइसिटिडिएससी २०२६ सम्पन्न

182fc072-be4e-4e39-bc59-93c2c7823130

​सिलगढी: सिलगढी इन्स्टिच्युट अफ टेक्नोलोजी (एसआइटी) को आयोजनामा बिहीबार ‘अन्तर्राष्ट्रिय डेटा साइन्स तथा सञ्चार सम्मेलन’ (आइसिटिडिएससी २०२६) सम्पन्न भएको छ।
​पश्चिम बङ्गाल सरकारका पर्यटन तथा संसदीय कार्य मन्त्री डा. शङ्कर घोषको प्रमुख आतिथ्यतामा उक्त सम्मेलन आयोजना गरिएको हो। सूचना प्रविधि, डेटा साइन्स र आधुनिक सञ्चार प्रणालीको बढ्दो महत्त्वलाई मध्यनजर गर्दै आयोजना गरिएको यस सम्मेलनमा स्वदेश तथा विदेशका शिक्षाविद्, अनुसन्धानकर्ता, प्रविधिविद् र विशेषज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
​कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. घोषले ज्ञानको आदानप्रदान, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्न यस्ता मञ्चहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। प्रविधि र नवप्रवर्तनसँग हातेमालो गर्दै आगामी दिनमा प्रगतिशील, आधुनिक र आत्मनिर्भर भारत निर्माण गर्ने लक्ष्यका साथ गरिएको यो पहल अत्यन्तै सराहनीय रहेको उहाँले उल्लेख गर्नुभयो।
​सम्मेलनमा सहभागी विशेषज्ञहरूले डेटा साइन्स र आधुनिक सञ्चार प्रविधिका नवीनतम आयाम तथा चुनौतीहरूका बारेमा आ-आफ्नो कार्यपत्र र विचार प्रस्तुत गरेका थिए।

About Author

Advertisement