मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा गुजरात दुर्घटनाप्रति शोक प्रकट

CM-Mamta-Banerjee-4

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले गुजरातको मोरबीमा पुल भत्किँदा भएको दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गरेकी छिन्। सामाजिक सञ्जालमा आफ्नो पोष्टमा उनले भनिन्, ‘म गुजरातको मोरबीमा पुल भत्किएको दुर्घटनाबाट गहिरो दु:खी छु, जसमा धेरै निर्दोष मानिसहरूले ज्यान गुमाएका छन् र धेरै घाइते भएका छन्l’ उनले मृतकहरुका परिवारहरु र साथीहरूप्रति गहिरो समवेदना प्रकट गरेकी छिन्। घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement