गान्तोक: आज बिहान गान्तोकको बाइपासमा भएको वाहन दुर्घटनामा एकजना युवतीको मृत्यु भएको छ। मृतक युवती काजी रोड निवासी रहेको बताइएको छ।पुलिस रिपोर्ट अनुसार, दुर्घटना आज बिहान लगभग २.१० बजी भएको हो। बाईपास क्षेत्रमा ड्यूटीमा तैनात पुलिसकर्मीहरूले दुर्घटना भएको थाहा पाए। वाहनमा चारजना थिए। वाहन रितिक अग्रवालले चलाइरहेका थिए। यस घटनामा २४ वर्षीय कनुष्का मित्तलको निधन भयो। उनलाई अस्पतालमा पुऱ्याउॅंदा मृत घोषित गरियो। पुलिसले आरोपित चालकलाई पक्राउ गरेर उनीविरूद्ध आईपीसीको धारा २७९/३३७/३३८/३०४ अन्तर्गत मामिला दर्ता गरेको छ।









