सिलगढी: युकेको राष्ट्रिय स्वास्थ सेवाबाट मान्यता प्राप्त (प्यारामेडिक्स) अर्थात चिकित्सक सेवाको अग्र श्रेणीमा काम गर्ने एसियन फायर सर्विस एशोसिएसन टीम इण्डियाका प्रतिनिधीहरु चार दिवसीय तालिम दिन कालेबुङ आइपुगेका छन्। टीमका संयोजक दानेल योन्जनको अगुवाइमा आएको टोलीले आज डाक्टर ग्राह्म्स होम्सका विद्यार्थीहरु, शिक्षक प्रतिनिधिहरु, जिल्ला अस्पतालका स्वास्थ कर्मचारीलाई आज पहिलो दिन तालिम दिए। प्रतिनिधिहरु टोलीद्वारा मङ्गलबार नगरपालिका कर्मचारीहरुलाई प्रशिक्षण गराउने योजना रहेको संयोजक दानेल योन्जनले बताएका छन्। यसरी नै उक्त टोलीद्वारा चार दिनसम्म विभिन्न स्थानमा प्रशिक्षण गराउने रिक्की लरेन्सले थप बताएका छन्।











