बायर्न म्यूनिखबाट अलग हुने तयारीमा लेवाण्डोस्की

IMG-20220531-WA0078.jpg

३१ मईः पोल्याण्डका स्टार फूटबलर रोबर्ट लेवाण्डोस्कीले बताएअनुसार, जर्मनीको शीर्ष क्लब बायर्न म्यूनिखसँग उनको समय पूरा भएको छ अनि क्लबबाट उनी अलग हुनु नै दुवै पक्षको निम्ति असल हुनेछ। बायर्न छोड़ेपछि लेवाण्डोस्की स्पेनिश क्लब बार्सिलोनामा सामेल हुने सम्भावना रहेको छ। राष्ट्रिय टीमको अभ्यास शिविरमा उनले बायर्नबाट अलग हुनु नै दुवै पक्षको निम्ति सर्वश्रेष्ठ रहने बताए। लेवाण्डोस्कीले भने, अहिलेसम्मको स्थिति अनुसार बायर्नसँग मेरो कहानी समाप्त भइसकेको छ। गत केही महिनामा जे भयो त्यसपछि म क्लबबाट थप सहयोगको आशा गर्न सक्दिनँ। उल्लेखनीय छ, बायर्नसँग लेवाण्डोस्कीको अझ एक सीजनको अनुबन्ध रहेको छ। उनले भने, उनीहरूसँग मौका छ भन्दैमा बायर्नले मलाई रोकेर राक्नेछ जस्तो मलाई लाग्दैन। वारसा-मा वेल्स विरुद्ध पोल्याण्डको नेशन्स लीगको म्याचअघि लेवाण्डीस्कीले यस्तो मत व्यक्त गरे। पोल्याण्डका यस दिग्गज स्ट्राईकरले २०१४-मा बायर्न म्यूनिखको हात समातेका थिए। त्यसपछि उनले जर्मनीको शीर्ष क्लबबाट २५३ वटा म्याच खेलेर २३८ गोल गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *