राष्ट्रिय जुनियर ब्याडमिन्टन च्याम्पियनसिपका युवा खेलाडी तथा प्रशिक्षकहरूसँग मुख्यमन्त्री गोलेको भेटघाट

FB_IMG_1795004682298

​गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) ले जारी ४९औँ योनेक्स-सनराइज इन्टर-स्टेट इन्टर-जोनल जुनियर नेशनल ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी विभिन्न राज्यका युवा ब्याडमिन्टन खेलाडी (सटलर) तथा उनीहरूका प्रशिक्षकहरूसँग भेटघाट एवं अन्तरक्रिया गरेका छन्।
​युवा प्रतिभाहरूसँगको अन्तरक्रिया निकै उत्साहजनक रहेको उल्लेख गर्दै मुख्यमन्त्री गोलेले खेलप्रतिको उनीहरूको जोश, अनुशासन र लगाव देखेर आफू प्रभावित भएको बताएका छन्। उनीहरूको समर्पण साँच्चै प्रेरणादायी रहेको उनले सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले च्याम्पियनसिपमा सहभागी सम्पूर्ण खेलाडीहरूलाई प्रतियोगिताको सफलताका साथै उज्ज्वल र सफल भविष्यको शुभकामना दिएका छन्। आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आ-आफ्नो परिवार, प्रशिक्षक तथा राज्यको नाम उच्च राख्न उनले खेलाडीहरूलाई हौसला प्रदान गरेका छन्।

About Author

Advertisement