मुख्यमन्त्री गोलेद्वारा पाकिम जिल्लामा शोक सन्तप्त परिवारहरूसँग भेट

FB_IMG_1795002145591

दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जलि अर्पण

गान्तोक/पाकिम: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) ले पाकिम जिल्लाको भ्रमण गरी हालै दिवंगत भएका चार जनाको परिवारजनसँग भेटघाट गरेका छन्।
​भ्रमणका क्रममा मुख्यमन्त्री गोलेले दिवंगत स्व. बल बहादुर तामाङ, स्व. मन ध्वज तामाङ, स्व. राममाया सुजी र स्व. मलाहाङ सुब्बाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै दिवंगत आत्माहरूको चीर शान्तिको कामना गरेका छन्।

यस दुःखद घडीमा शोकाकुल परिवारजन तथा आफन्तहरूसँग प्रत्यक्ष उभिएर मुख्यमन्त्रीले अपूरणीय क्षतिप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले शोक सन्तप्त परिवारलाई यो कठिन समयको सामना गर्ने शक्ति, धैर्य र साहस प्रदान गरून् भनी सर्वशक्तिमान ईश्वरसँग प्रार्थना समेत गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

About Author

Advertisement