इण्डियन वेल्स: उदीयमान टेनिस खेलाड़ी मीरा एण्ड्रीवाले प्रतिष्ठित डब्ल्यूटीए फाइनल्सको खिताब जितिन्। रुसकी यस १९ वर्षीय किशोरीले फाइनलमा युक्रेनकी ३७ वर्षीय एलिना स्वितोलिनालाई सीधा सेटमा ७-५, ६-३-ले पराजित गरी ट्रफी जितिन्। यसरी रुसकी स्टार खेलाड़ीले २०२६-को समापन ५५ वटा टूर लेभल जीत र चारवटा खिताबको साथ गरिन्। यसअघि उनले एडिलेड, लिञ्ज र फ्रेञ्च ओपनमा पनि खिताब जितेकी थिइन्। केवल १९ वर्षको उमेरमा स्वितोलिनाविरुद्ध १ घण्टा ४८ मिनटमा हासिल भएको यस जीतको साथ एण्ड्रीवाले २००४-मा मारिया शारापोवापछि सबैभन्दा कम्ती उमेरमा डब्ल्यूटीए फाइनल्स च्याम्पियन बन्ने उपलब्धि पनि हासिल गरिन्। डब्ल्यूटीए फाइनल्समा पहिलोपल्ट हिस्सा लिइरहेकी एण्ड्रीवाले आफ्नो पहिलो प्रयासमै खिताब जितेर एउटा विशेष क्लबमा पनि स्थान बनाइन्। साल १९७२-मा टुर्नामेण्टको पहिलो संस्करणमा क्रिस एभर्टले सर्वप्रथम यस उपलब्धिलाई हासिल गरेकी थिइन्। त्यसपछि २००१-मा सेरेना विलियम्सले पनि आफ्नो पहिलो प्रयासमै टुर्नामेण्टमा खिताब जितेकी थिइन्। डब्ल्यूटीए फाइनल्स च्याम्पियन एण्ड्रीवाले भनिन्, खेलाड़ीहरूका विशेष समूहको हिस्सा बन्न पाउनु असाधारण कुरा हो। म आफ्नो टीम प्रति आभारी छु, जसले मलाई पूरा क्षमतासम्म पुग्नको निम्ति प्रेरित गरे। एण्ड्रीवाले एउटा सेट पनि नहारी आफ्नो पहिलो डब्ल्यूटीए फाइनल्स खिताब जितिन्। यस जीतको साथ उनले डब्ल्यूटीए ऱ्याङकिंगमा विश्वकी नम्बर २ खेलाड़ीको स्थान हासिल गरेकी छन्। यसले २०२७ सीजनको शुरुवातमा उनको नम्बर १ खेलाड़ी बन्ने सम्भावना पनि बढ़ेको छ। एण्ड्रीवाले टुर्नामेण्टको ग्रुप चरणमा पनि स्वितोलिनालाई पराजित गरेकी थिइन्। यसरी ग्रुप चरणमा उनले पारिबास ओपन च्याम्पियन आर्यना सबालेंकाविरुद्ध पनि असाधारण जीत हासिल गरेकी थिइन्। डब्ल्यूटीए फाइनल्सको खिताब जितेर उनलाई ३.३७ मिलियन अमेरिकी डलरको पुरस्कार राशि हासिल भयो।





