मेम्बर अन ड्युटी सभासदहरूले प्रवेस गरे कार्यालय
खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन शाखा सचिव (ब्राञ्च सेक्रेटरी ) कार्यालय खरसाङको गिद्देस्थित कार्यालयको विधिवत उद्घाटन कार्यक्रम जीटीए कार्यपाल अनित थापाको बाहुलीबाट सम्पन्न भएको छ। क्षेत्रीय सभासद प्रणाम रसाइली, श्याम सेर्पा, नुरी सेर्पा, भाष्कर मोक्तान, नवराज छेत्री अनि परेस तिर्कीले आ-आफ्नो कार्यालय प्रवेश गरेका छन्। जीटीए कार्यपाल अनित थापाले उद्धघाटन समारोहलाई सम्बोधन गर्दै भने सभासदहरुले यस कार्यालयबाट अब जनताको समस्याहरूको समाधान गर्नुपर्छ। सभासदहरु कार्यालयमा मात्र सिमित नरहेर जनताको दु:ख बुझ्न गाउँ गाउँ गएर जनताको समस्याहरू नजिकबाट बुझेको हुनुपर्छ। त्यो मेरो समष्टि होइन मेरो पर्दैन भन्ने विचार अब सभासदहरुले त्याग्नुपर्छ, एक अर्को समष्टिमा सहयोग गरेको हुनुपर्छ। मलाई भेट्ने इच्छा सबैको हुन्छ मैले भ्याएसम्म भेट्दैछु अनि भेटछु पनि तर अब मैले दार्जिलिङ, कालेबुङ मिरिक अन्य क्षेत्रहरूलाई पनि समय दिनु पर्ने भएको छ मैले सबैलाई हेर्नु पर्छ यसैले अब क्षेत्रीय सभासदहरुले जिम्मेवारी लिएर काम गर्नुपर्छ भनी बताए। आजको कार्यक्रममा जीटीए उपाध्यक्ष राजेश चौहान, केन्द्रीय समिति सांगठनिक सचिव रतन थापा, केन्द्रीय समिति नारी शक्ति सभापति अनु प्रधान, खरसाङ महकुमा समिति युवा शक्ति सभापति पेमेन्द्र गुरूङ, केन्द्रीय समिति सदस्य समिरदिप ब्लोन, बिन्नी शर्मा, खारसाङ महकुमा अनि समष्टि प्रतिनिधिहरू लगायत खरसाङ ईन्जिनियरिङ विभाग पीएचई विभाग अनि सिँचाइ विभागका विभागीय अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो। उद्धघाटन समारोह कार्यक्रमलाई खरसाङ महकुमा समिति सभापति सुवास प्रधानले सञचालन गरेका थिए भनी जानकारी खरसाङ महकुमा समिति प्रचार प्रसार सचिव बसन्त कुलुङ राईले दिएका छन्।










