राजबारी युथको आयोजनमा हुने फूटबल टुर्नामेण्टको क्रीड़ासूची जारी

IMG-20220531-WA0063.jpg

३१ मईः राजबारी युथको आयोजनमा तीनधारेमा हुने ओपन नक्आउट फूटबल टुर्नामेण्टको क्रीड़ासूची (फिक्स्चर) जारी गरियो। स्थानीय मिठाई डाँड़ा खेल मैदानमा आउँदो ४ जूनदेखि शुरु हुने यस टुर्नामेण्टमा सम्पूर्ण उत्तर बंगालबाट १६ वटा नामी-दामी टीमहरूले हिस्सा लिनेछन्। यसमा भेट्रन्स फूटबल एकाडमी (रेड), एलजीएससी खप्रेल, नयाँ कमान स्पोर्टिंग क्लब, हिल सिटी सिलगढ़ी, ब्राइट स्पोर्टिंग क्लब, गिद्धे केएसएस, हिल फूटबल एकाडमी (खरसाङ), नक्सल एफसी, एएए, सालबारी एसएससी, जेआर३२ खरसाङ, मिलनमोड़ फूटबल एकाडमी, मेडिकल एफसी, राजबारी टीम ११, भेट्रन्स फूटबल एकाडमी (ब्ल्यू) र युनाइटेड फ्रेण्ड्स डीजीसी-को टीम सामेल छ। टुर्नामेण्टको पहिलो दिन दुईवटा म्याच खेलिनेछ। यसरी नै दुईवटा सेमिफाइनल म्याच १७ जूनमा हुनेछ। दिनको पहिलो म्याच दिउँसो १ बजी अनि दोस्रो म्याच २.३० बजीदेखि शुरु हुनेछ। फाइनल म्याच १९ जूनमा खेलिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *