कुचबिहारमा घरभित्रबाट दम्पतिको मृतदेह

couple-locked-up-in-mortuary.jpg

कुचबिहार: आज बिहान कुचबिहार पुन्डीबारी थाना अन्तर्गत टाकागाछ सुङसुङ्गी बजार संलग्न इलाकामा रहेको एक घरबाट दम्पतिको मृतदेह उद्धार गरिएको छ्‌।मृतक दम्पति विश्वनाथ चक्रवर्ती र लक्ष्मी चक्रवर्तीको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले विश्वनाथ चक्रवर्तीको घर बन्द रहेको देखेपछि घर खोलेर हेर्दा लक्ष्मी चक्रवर्ती ओछ्यानमा सुतिरहेको अवस्थामा अनि तिनको लोग्ने विश्वनाथलाई घाँटीमा पासो लगाएर झुन्डिरहेको अवस्थामा देखे। यसपछि पुन्डीबारी थाना पुलिसलाई घटनाबारे खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर दम्पतिको शव उद्धार गरेर पोस्टमार्टमको लागि कुचबिहार एमजेएन मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

Advertisement