पहाडमा अनिता थापा नै क्षेत्रीय पार्टीको अभिभावक भन्ने बुझिन्छ: पेम्बा रिम्पोर्छे
खरसाङ: दार्जिलिङका विधायक नोमन राई खरसाङमा अनित थापालाई भेट्न आउनु भनेको पहाडको क्षेत्रीय पार्टीको अभिभावक अनित थापा नै हुन् भन्ने बुझिएको पेम्बा रिम्पोर्छेले बताएका छन्। उनले आज एक भिडियो जारी गर्दै भने, बिमल गुरुङले थुक्नु भनेको व्यक्तिलाई उनकै विधायक नोमन राईले आएर भेट्नु भनेको चाहिँ अहिले पनि पहाडमा क्षेत्रीय पार्टीहरुको अभिभावक अनित थापा नै हो भन्ने बुझिएको छ। यो भेट क्षेत्रीय पार्टीलाई बचाई राख्न र धार्मिक रुपमा पनि भेटघाट गरिएको हो।’
बौध्द धर्म गुरु एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका नेतृत्व पेम्बा रिम्पोर्छेले एक भिडियो जारी गर्दै दार्जिलिङका विधायक नोमन राई र पूर्व जीटीए प्रमुख एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको भेटलाई लिएर सामाजिक सञ्जालमा धेरै चर्चा रहेको बताएका छन्। उनले सबैले यस विषयमा चर्चा गर्नुको साथै प्रश्नहरु गर्ने तथा विभिन्न अडकलबाजी र जिज्ञासा गरिरहेको बताउँदै भिडियोमार्फत् नै दार्जिलिङका विधायक नोमन राई खरसाङमा अनित थापालाई भेट्न आएको बताए। उनले यसले हालमा दार्जिलिङ पहाडमा अनित थापा नै क्षेत्रीय पार्टीको अभिभावक रहेको बताएका छन्।





