नेपालमा विमान दुर्घटना अपडेट: २१ शव भेटियो, १० वटा शव पोस्टमर्टमका लागि अस्पताल लगियो

Nepal-Flight-Crash

काठमाडौं:  तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ मध्ये २१ जनाको शव भेटिएको छ। अझै एउटा शव फेला पर्न नसकेको उद्धार टोलीले जनाएको छ। नेपाली सेनाको हेलिकोप्टरले १० वटा शव काठमाडौं ल्याएको छ। यी १० वटा त्रिवि शिक्षण अस्पताल महारजगञ्ज लगिएको छl मौसम बिग्रिएको कारण हेलिकोप्टर झर्न नसकेकाले संकलन गरिएका शव काठमाडौं लान नसकेको नेपाली सेनाले जनाएको छ। तारा एयर मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरे भन्ने भिरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा सोमबार बिहान भेटिएको थियो। विमानमा सवार १९ यात्रु र तीनजना चालक दलका सदस्यसहित २२ जनाको दुःखद् निधन भएको छ। पोखराबाट आइतबार बिहान ९:५५ बजे जोमसोमका लागि उडेको उक्त विमान उडेको १०:७ बजेपछि सम्पर्कविहीन भएको थियो। पाँच वटा हेलिकोप्टरले आइतबार दिनभर खोजी गर्दा पनि फेला नपरेपछि सोमबार बिहानै परिचालन भएको संयन्त्रबाट दुर्घटनाग्रस्त विमान भेटिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *