देउसी-भैलो केवल परम्परा मात्र होइन, सांस्कृतिक जरा र एकताको प्रतीक हो: राजु विष्ट

FB_IMG_1794400622180

​दार्जिलिङ: भारतीय जनता पार्टी (भाजपा) का दार्जिलिङका सांसद राजु विष्टले देउसी-भैलो केवल एउटा परम्परा मात्र नभई यो हाम्रो सांस्कृतिक जरा र पुस्ताौंदेखि हामीलाई जोड्दै आएको एकताको सुन्दर प्रतीक भएको बताएका छन्। तिहारको अवसरमा आफ्नो निवासमा देउसी-भैलो टोली तथा दार्जिलिङ जिल्ला भाजपा कार्यकारिणी समितिका सदस्यहरूसँग भेटघाट गर्दै उनले यो विचार व्यक्त गरेका हुन्।
​सांसद विष्टले आफ्नो घरमा उपस्थित भई मनमोहक प्रस्तुतिमार्फत आशीर्वाद प्रदान गर्ने सम्पूर्ण देउसी-भैलो टोलीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन्। साथै, देउसी-भैलो मनाउन उपस्थित हुनुभएका दार्जिलिङ जिल्ला भाजपा कार्यकारिणी समितिका सम्पूर्ण सदस्यहरूप्रति पनि उनले हार्दिक आभार प्रकट गरेका छन्।

सबैले यसरी नै हाँसीखुसी आफ्ना चाडपर्व मनाउन सकून् भन्दै उनले सम्पूर्णमा सुख, शान्ति र समृद्धले भरिएको शुभ तिहारको मंगलमय शुभकामना समेत व्यक्त गरेका छन्।

About Author

Advertisement