आलोकमय कोलकाता: श्याम मेटालिक्सद्वारा प्रकाश, कला र उत्सवको चारदिने विशेष आयोजन

3e47c767-0b9a-40c8-8e27-5c0c4db2ff88

​कोलकाता: श्याम मेटालिक्सले यस वर्षको दीपावलीको अवसरमा ‘आलोकमय कोलकाता’ नामक विशेष अभियानमार्फत सम्पूर्ण शहरलाई एक सूत्रमा जोड्ने अनौठो प्रयास गरेको छ। एक्रोपोलिस मलमा गत नोभेम्बर ६ देखि ९ तारिखसम्म आयोजित यस चारदिने उत्सवले कोलकातावासीको प्रकाश, रङ्ग र संस्कृतूप्रति गहिरो प्रेमलाई प्रतिबिम्बित गरेको छ। यस आयोजनाले रचनात्मकता, सांस्कृतिक अभिव्यक्ति तथा सामुदायिक सहभागिताको माध्यमबाट शहरको उत्सवधर्मी र कलात्मक चेतनाको भव्य उत्सव मनाएको छ।
​कोलकाताको विशिष्ट सांस्कृतिक पहिचानको उत्सव मनाउने उद्देश्यले थालिएको यस पहलले यो चाडपर्वको मौसमलाई एक स्मरणीय अनुभवमा परिणत गरिदिएको छ, जहाँ परम्परा, रचनात्मकता र नवीनताको अनौठो संगम देखिएको छ। यस उत्सवमा नयाँ आयाम थप्दै ‘एसईएल टाइगर टीएमटी बार’ को मजबूती र ‘एसईएल टाइगर रुफिंग शीट’ को बहुउपयोगितालाई पनि कलात्मक रूपमा प्रदर्शन गरिएको थियो। ‘एसईएल टाइगर टीएमटी बार’ बाट निर्मित आकर्षक प्रकाशयुक्त रुख यहाँको मुख्य आकर्षण बनेको थियो भने ‘एसईएल टाइगर रुफिंग शीट’ को प्रयोग गरी कोलकाताको विशेष पहिचान झल्काउने विरासती ट्राम र पारम्परिक ट्याक्सीजस्ता आकृतिहरू अति रचनात्मक ढङ्गले तयार पारिएका थिए। जगमगाउने तोरण-द्वार तथा उत्सवको सजावटबीच यी कलाकृतिहरू शहरको खास पहिचान र श्याम मेटालिक्सका उत्पादनहरूको इन्जिनियरिङ क्षमताको बेहतरीन संगम साबित भएका थिए।


​यस अभियानमा पारम्परिक सजावटभन्दा माथि उठेर सामुदायिक सहभागितालाई विशेष स्थान दिइएको थियो। उत्सवका प्रत्येक दिन फरक-फरक रचनात्मक गतिविधिहरू सञ्चालन गरिए, जसले आगन्तुकहरूलाई यस उत्सवको सक्रिय अङ्ग बन्न प्रेरित गर्‍यो। उत्सवको पहिलो दिन अर्थात् नोभेम्बर ६ मा ‘फूलहरूको रङ्गोली’ बाट कार्यक्रमको शुभारम्भ भयो भने ७ नोभेम्बरमा रङ्गोली प्रतियोगिता र ८ नोभेम्बरमा दिया पेन्टिङको आयोजन गरियो। यी गतिविधिहरूमार्फत पारम्परिक भारतीय कलाका विभिन्न रूपहरूको उत्सव मनाइनुका साथै सर्वसाधारणलाई समेत आफ्नो रचनात्मक प्रतिभा प्रदर्शन गर्ने सुनौलो अवसर प्राप्त भयो।
​चार दिनसम्म चलेको यस भव्य उत्सवको समापन ९ नोभेम्बरमा एक विशेष समारोहका साथ सम्पन्न भयो, जहाँ प्रसिद्ध अभिनेता तथा सांस्कृतिक हस्ती मिथुन चक्रवर्ती विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। समापन समारोहमा विभिन्न प्रतियोगिताका विजेताहरूलाई सम्मानित गरिनुका साथै विशेष उपहार प्रदान गरिएको थियो, जसले यस उत्सवलाई अझ बढी स्मरणीय बनायो।
​यस पहलको बारेमा बोल्दै श्याम मेटालिक्सका मुख्य सञ्चालन अधिकारी निर्मल उदयले भन्नुभयो, “कोलकाता केवल एउटा शहर मात्र होइन, यो यहाँका मानिसहरू, परम्पराहरू, रचनात्मकता र सामूहिक एकताबाट बनेको एक जीवंत भावना हो। ‘आलोकमय कोलकाता’ मार्फत हामी यही भावनाको उत्सव मनाउन चाहन्थ्यौँ र एक यस्तो अनुभव प्रस्तुत गर्न चाहन्थ्यौँ जहाँ मानिसहरू केवल दर्शक मात्र नभई यी उत्सवहरूको महत्वपूर्ण हिस्सा बन्न सकून्। हाम्रो लागि यो कुरा अत्यन्त सुखद छ कि हाम्रा उत्पादनहरूले यस शहरबाट प्रेरणा पाएर कलात्मक रूप लिए। हाम्रा लागि मजबुत हुनुको अर्थ केवल बलिया उत्पादनहरूको निर्माण गर्नु मात्र होइन, बल्कि मानिसहरू र समुदायहरूसँग अटुट सम्बन्ध गाँस्नु पनि हो।”
​श्याम मेटालिक्सले ‘आलोकमय कोलकाता’ को माध्यमबाट शहरको सांस्कृतिक विरासत, परम्परा र जीवंत उत्सवधर्मी संस्कृतिको सानदार उत्सव मनाउँदै कोलकातासँगको आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाएको छ। यो पहलले कम्पनीको त्यो प्रतिबद्धतालाई दर्शाउँछ, जसअन्तर्गत यसले आफ्ना व्यावसायिक दायराभन्दा माथि उठी जनतासँग आत्मीय जोडा बनाउने र समाजलाई एकजुट गर्ने सार्थक अनुभवहरू प्रदान गर्दै आएको छ।

About Author

Advertisement