सिलगढीमा ‘एमपी देउसी भैलो महोत्सव २०२६’ हुने

Screenshot_20261110_185714_Facebook

तृष्णा गुरुङ र द कल्याबले प्रस्तुति दिने

सिलगढी। दार्जीलिङका सांसद राजु विष्टले आफ्नो सामाजिक सञ्जालमार्फत आगामी ‘एमपी देउसी भैलो महोत्सव २०२६’ बारे जानकारी गराएका छन्। आगामी नोभेम्बर १३ देखि १५ तारिखसम्म सञ्चालन हुने यस महोत्सवमा चर्चित गायिका तृष्णा गुरुङ र द कल्याबले आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन्।

​सिलगढीको मिलन मोड फुटबल मैदानमा आयोजना हुने यस महोत्सव साँझ ५:३० बजेदेखि सुरु हुनेछ। संस्कृति र परम्पराको यो सुन्दर उत्सवमा सहभागी भई मनोरञ्जन लिन आयोजक तथा सांसद विष्टले सबैलाई आह्वान गरेका छन्।

About Author

Advertisement