सिक्किमका पूर्व एसआरसी अध्यक्ष मिकमार लेप्चाको निधन, मुख्यमन्त्री गोलेद्वारा गहिरो शोक व्यक्त​

FB_IMG_1794315183471

गान्ताेक: सिक्किमका पूर्व विद्यार्थी नेता एवम् नरबहादुर भण्डारी सरकारी कलेज ताडोंगका विद्यार्थी प्रतिनिधि परिषद् (एसआरसी) का पूर्व अध्यक्ष मिकमार लेप्चाको असामयिक निधन भएको छ। लेप्चाको असामयिक निधनप्रति सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) ले गहिरो दुख व्यक्त गरेका छन्।
​सिक्किमको मंगन जिल्लास्थित तानेकका स्थायी निवासी मिकमार ताडोंग कलेजको इतिहासमै एसआरसी अध्यक्ष बन्ने लेप्चा समुदायका पहिलो व्यक्ति हुन्।
​सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै मुख्यमन्त्री गोलेले मिकमारको निधनले सिक्किमले एक उदीयमान र जुझारु युवा नेतृत्व गुमाएको बताएका छन्। उनले भनेका छन्, “विद्यार्थी कल्याण, अनुकरणीय नेतृत्व र कलेजको विकासमा मिकमारले पुर्‍याएको योगदान सधैं स्मरणीय रहनेछ। उनको निधन परिवार, विद्यार्थी जगत, लेप्चा समुदाय र सम्पूर्ण सिक्किमका लागि अपूरणीय क्षति हो।”
​मुख्यमन्त्री गोलेले सिक्किम सरकार तथा जनताको तर्फबाट दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।

About Author

Advertisement