सिलगढी: विद्यार्थीहरूलाई सुर्तीजन्य पदार्थको कुलतबाट जोगाउने तथा शैक्षिक क्षेत्रलाई पूर्ण रूपमा सुरक्षित र स्वस्थ बनाउने उद्देश्यले सिलगढी पुलिस कमिश्नरेट अन्तर्गतका विभिन्न थानाहरूले विशेष अभियान सञ्चालन गरेका छन्। यस अभियान अन्तर्गत विद्यालय परिसर तथा आसपासका क्षेत्रमा सञ्चालनमा रहेका दाेकानहरूमा शैक्षिक संस्थाहरू नजिकै सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन (कोटपा) को पालना भए नभएको बारे कडा अनुगमन तथा जाँच गरिएको छ।
यस विशेष पहलको मुख्य उद्देश्य स्कुल तथा कलेज वरिपरि सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा सेवनलाई रोक्नु र बालबालिका तथा युवा पुस्तालाई यसको नराम्रो प्रभावबाट बचाउनु रहेको छ।
सिलगढी पुलिस कमिश्नरेटले बालबालिकाको सुनौलो भविष्य तथा उनीहरूको स्वास्थ्य सुरक्षाका लागि यस्ता जनहितकारी तथा कानुनी कारबाहीहरू आगामी दिनहरूमा पनि निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरेको छ।





