च्याम्पियन्स लीगको इतिहासमा नयाँ रेकर्ड बनाउन सफल कोमो

IMG-20261105-WA0062

नयाँ दिल्ली: इटलीको क्लब कोमोले यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगिताको म्याचमा फ्रान्सीसी क्लब लेन्सविरुद्ध ९-१-को ठूलो अन्तरले जीत हासिल गऱ्यो। यसरी कोमोले च्याम्पियन्स लीग इतिहासमा सर्वाधिक गोलको रेकर्डको बराबरी गऱ्यो। बुधवार राति खेलिएको यस हाई स्कोरिंग म्याचमा कोमोले म्याचको पहिलो हाफमा ३ अनि दोस्रो हाफमा ५ गोल गरी इतिहास रच्यो। यस अवे म्याचमा ५३ प्रतिशत बल पोजेशनको साथ खेल्ने इटलीको क्लबबाट अनास्तासियोस डौविकास ह्याट्रिक गरे। ग्रीसका यस फूटबलरले म्याचको सातौं, ३२औं र ५७औं मिनटमा गोल गरे। यसबाहेक निको पाजले ४०औं, लुकास डा कुन्हाले ४७औं, मार्क-ओलिवर केम्पफले ५३औं, मातिया लिबेरालिले ६२औं, मार्टिन बातुरिनाले ६९औं र मातेओ पापासिओलीले इज्युरी टाइमको दोस्रो मिनटमा गोल गरे। यसरी लेन्सबाट एकमात्र गोल रुबेन एगुइलरले ६५औं मिनटमा गरे। यस जीतको साथ कोमाले च्याम्पियन्स लीगको एउटा म्याचमा सर्वाधिक गोलको रेकर्डको बराबरी गऱ्यो। यसअघि जर्मनीको क्लब बायर्न म्यूनिखले २०२४-मा डायनामो जाग्रेबविरुद्ध म्याचमा ९-२-ले जीत हासिल गरेको थियो। यसरी कोमोले च्याम्पियन्स लीगको इतिहासमा कुनै एउटा म्याचमा सबैभन्दा ठूलो अन्तरले जीतको रेकर्डको पनि बराबरी गऱ्यो। यसअघि रियल म्याड्रिडले २०१५-मा माल्मोलाई अनि लिभपूलले २००७-मा बेसिकतासलाई ८-०-को समान अन्तरले पराजित गरेको थियो। टुर्नामेण्टको इतिहासमा कुनै म्याचमा ९ गोल गर्ने घटना कम्ती नै भएको छ। यसअघि १९७१-मा फेयेनूर्डले ओलम्पियाकोस निकोसियाविरुद्ध ९-०-ले जीत हासिल गरे पनि कुनै अवे म्याचमा यति धेर गोल पहिला भएको थिएन। सेस्क फेब्रिगासको मार्गदर्शनमा रहने कोमोले च्याम्पियन्स लीगको जारी संस्करणमा असाधारण प्रदर्शन गर्दै आरबी लिपजिग र म्यानचेष्टर युनाइटेड जस्तो टोलीहरूलाई पराजित गरिसकेको छ। बुधवार राति लेन्सविरुद्ध एकतर्फी जीतको साथ कोमो ४ वटा म्याचमा ९ अंकको साथ च्याम्पियन्स लीग अंक तालिकाको चौथो स्थानमा पुगेको छ।

About Author

Advertisement