सिक्किम आइपुगे सूचना तथा सञ्चार प्रविधि व्यवस्थापनसम्बन्धी राज्य सभा समिति

FB_IMG_1793791512995

​पाकिम: सूचना तथा सञ्चार प्रविधि व्यवस्थापन समितिकी सभापति एवम् राज्य सभा सांसद् श्रीमती रञ्जित रञ्जनको नेतृत्वमा राज्य सभा सचिवालयको प्रतिनिधिमण्डल आज सिक्किम आइपुगेको छ। यो भ्रमण ३ देखि ६ नोभेम्बर २०२६ सम्म गान्तोकका लागि तय गरिएको उनीहरूको आधिकारिक अध्ययन भ्रमणको एक हिस्सा हो।
​रङ्पो पर्यटकीय सुविधा केन्द्र (टुरिस्ट फेसिलिटेसन सेन्टर) मा प्रतिनिधिमण्डललाई प्रोटोकल अधिकृत श्री डिपी सिलाल र पन्जाब नेसनल बैंकका वरिष्ठ अधिकारीहरूले भव्य स्वागत गरेका थिए।

भ्रमणको क्रममा प्रतिनिधिमण्डलले राज्यमा सूचना प्रविधि संरचना, डिजिटल सुशासन, साइबर सुरक्षा, डिजिटल बैंकिङ सेवा तथा प्रविधिमा आधारित प्रणालीहरूको सञ्चालनका विषयमा विभिन्न संस्था एवम् अधिकारीहरूसँग छलफल तथा अध्ययन गर्ने कार्यक्रम रहेको छ।

About Author

Advertisement