मंगपू गोल्ड कपः आमुक्त परिवार च्याम्पियन

IMG_20221031_103502.jpg

३१ अक्टोबरः मंगपू युथ क्लबको तत्त्वावधानमा आयोजित मंगपू गोल्ड कप फूटबल टुर्नामेण्ट २०२२-मा सिलगढ़ीको आमुक्त परिवार च्याम्पियन भयो। मंगपू जन मैदानमा आइतवार खेलिएको फाइनल म्याचमा आमुक्त परिवारले दार्जीलिङ पुलिसलाई २-०-ले पराजित गऱ्यो। म्याचमा दुई टीमबीच रोमाञ्चक प्रतिस्पर्धा भए पनि दोस्रो हाफको खेलमा २ मिनटभित्र हासिल गरेको २ गोलले प्रदीप छेत्रीको मार्गदर्शनमा रहने आमुक्त परिवारलाई च्याम्पियन बनायो। विजेता टीमबाट दुवै गोल मासुकेले छिराए। अफ्रिकी मूलका यस खेलाड़ीले ६०औं र ६२औं मिनटमा गोल गरे। म्याचमा शिव तामाङको प्रशिक्षणमा रहने दार्जीलिङ पुलिसले पनि केही मौकाहरू हासिल गरेको थियो तर खराब फीनिशिंगले गर्दा गोल हुन सकेन। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। आमुक्त परिवारका स्ट्राईकर मासुकेले प्लेयर अव् द म्याचको पुरस्कार जिते। यसरी नै बेस्ट टीमको खिताब दार्जीलिङ पुलिसले जित्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement