३१ अक्टोबरः नव मिलन परिवार, धोतरिया बालासन पुल बजारको तत्त्वावधानमा आयोजित बालासन कप फूटबल टुर्नामेण्टमा आइतवार पहिलो राउण्डको अन्तिम म्याच खेलियो। इण्टेक नजिक धोतरिया बालासन पुल बजार खेल मैदानमा भएको म्याचमा एमएफसी मगरजुंगले दिलाराम एफसी-लाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट सुदर्शन गुरुङले ह्याट्रिक गरे। यसबाहेक १ गोल अंकित तामाङले छिराए। यसरी नै दिलाराम एफसी-बाट अलोक राई र कृष्ण सरकारले गोल गरे। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा जम्मा २४ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ८ र १५ जनवरी २०२३-मा खेलिनेछ। यसरी नै फाइनल २२ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।











