३१ अक्टोबरः रिषिहाट टी स्टेट, दार्जीलिङको जीवन ज्योति परिवारको तत्त्वावधानमा आयोजित ओपन गर्ल्स नक्आउट फूटबल टुर्नामेण्टमा सोरेंग एफसी र मंगपू लाब्दा एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। आइतवार खेलिएको दोस्रो राउण्डको पहिलो म्याचमा सोरेंग एफसी-ले वाईएफसी जोरबंग्लोलाई १०-०-ले पिट्यो। विजेता टीमबाट मुस्कान सुब्बा एक्लैले ६ गोल गरिन्। यसबाहेक मेनु हांगमा सुब्बा र नमिता गुरुङले २-२ गोल गरिन्। यसरी नै दोस्रो म्याचमा मंगपू लाब्दा एफसी-ले रेलिंग एफसी-लाई २-०-ले पराजित गऱ्यो।

विजेता टीमबाट दुवै गोल कुसुम छेत्रीले छिराइन्। यस टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर-अप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट सिद्धान्त तामाङले बताएका छन्।










