दीपक गजमेर स्मृति भेटरन फूटबलः तुंग सुंग भेटरन्स र प्रधान नगर भेटरन्स विजयी

IMG_20221031_101943.jpg

३१ अक्टोबरः घूम जोरबंग्लो भेटरन्सको आयोजनमा दीपक गजमेर स्मृति भेटरन (४० वर्षभन्दा माथि) फूटबल टुर्नामेण्ट आइतवारदेखि शुरु भयो। स्थानीय घूम बोइज हायर सेकेण्डरी स्कूल खेल मैदानमा टुर्नामेण्टको पहिलो दिन दुईवटा म्याच खेलियो। पहिलो म्याचमा तुंग सुंग भेटरन्सले युनाइटेड घूम भेटरन्सलाई टाईब्रेकरमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा तुंग सुंग भेटरन्सबाट लाक्पा तामाङ र भास्कर छेत्रीले गोल गरे। यसरी नै युनाइटेड घूम भेटरन्सबाट दावा तामाङ र गजेन्द्र राईले गोल गरे। तुंग सुंग भेटरन्सका लाक्पा तामाङले प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै दोस्रो म्याचमा प्रधान नगर एफसी भेटरन्सले नालीचौर भेटरन्सलाई ६-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सागर बोस र दर्शन शेर्पाले २-२ गोल गरे। यसबाहेक सुरज थापा र राजु दासले १-१ गोल गरे। विजेता टीमका जिग्मी भूटियालाई प्लेयर अव् द म्याच चयन गरियो।

यस भेटरन्स टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २५ दिसम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement