३० अक्टोबरः डुवर्स होपको तत्त्वावधानमा आयोजित मेगा फूटबल टुर्नामेण्टको दोस्रो सीजन (कृष्ण बुड़ाथोकीको स्मृतिमा)-मा आइतवार खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा स्टेलिन नगर बाघडुग्राले जीत हासिल गरी सेमिफाइनलमा स्थान बनायो। बाग्राकोट टी गार्डनको भानु मैदानमा आज भएको म्याचमा स्टेलिन नगर बाघडुग्राले गोरुबथानको बुड़ीखोला सत्य ज्योति संघलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट राजा बर्मनले २ गोल गरे। यसबाहेक कुशलले १ गोल गरे। राजा बर्मनलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल ८ र १० नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल १३ नोभेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अजीत खड़काले जनाएका छन्।











