सिक्किमका राज्यपाल र क्याबिनेट सचिवबीच लोकभवनमा शिष्टाचार भेट

FB_IMG_1793638660645

विकास कार्य र जनकल्याणकारी योजनाहरूमाथि छलफल
​
गान्तोक: सिक्किमका राज्यपाल दुष्यन्त गौतमसँग राज्यका मुख्य प्रशासक एवं क्याबिनेट सचिव वीबी पाठकले सोमबार लोकभवनमा शिष्टाचार भेटवार्ता गरेका छन्। राज्यपालको रूपमा दुष्यन्त गौतमले पदभार ग्रहण गरेपश्चात् क्याबिनेट सचिव पाठकको यो पहिलो औपचारिक भेटघाट हो।
​लोकभवनबाट प्राप्त जानकारी अनुसार, भेटका क्रममा सिक्किमको समग्र विकास, जनकल्याणकारी योजनाहरूको हालसम्मको प्रगति, पर्यटन, कृषि, पूर्वाधार विकास तथा प्रशासनिक कार्यहरूसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण विषयहरूमा विस्तृत छलफल भएको छ।
​यस अवसरमा राज्यपाल गौतमले राज्य सरकारका भावी प्राथमिकताहरूबारे जानकारी लिएका थिए भने क्याबिनेट सचिव पाठकले सरकारका प्रमुख प्राथमिकता तथा विभिन्न विकास परियोजनाहरूको कार्यप्रगतिबारे राज्यपाललाई अवगत गराएका थिए।

About Author

Advertisement