गान्तोक। मुख्यमन्त्रीका सल्लाहकार रोहितराज महाराजले आज दक्षिण जिल्लाको अप्पर बुरूङ वार्डमा उनी बुनाइ केन्द्रको उदघाटन गरे। विशेष गरेर गुरू शिष्य परम्परा योजना २०२२-२४ अन्तर्गत यस केन्द्रको उदघाटन गरिएको हो। यस केन्द्रको प्रायोजक इस्टर्न जोनल कल्चरल मन्त्रालय कलकत्ताद्वारा गरिएको जानकारी गराएको छ। उक्त अवसरमा सल्लाहकार महाराजसँग सिडीकोका अध्यक्ष जनक गुरूङ, उपाध्यक्ष लोब्जाङ भोटिया, सीएलसी अध्यक्ष विष्णु शर्मा लगायत अन्यहरू पनि सामेल रहेका थिए।