दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले पराजित

T20_worlcup_1667098087496_1667098087724_1667098087724.webp

नयाँ दिल्ली: अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटमा आज सम्पन्न लो स्कोरिङ थ्रीलरमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले पराजित गरेको छ। सुपर १२ अन्तर्गत समूह बी मा यसअघि लगातार दुई खेल जितेको भारतको यो पहिलो हार हो। भारतलाई हराउँदै अपराजित दक्षिण अफ्रिका भने ३ खेलबाट ५ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ र सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। भारत ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा झरेको छ। पर्थमा भारतले दिएको १३४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। दक्षिण अफ्रिकाका लागि अइडन मारक्रम र डेविड मिल्लरले अर्धशतक बनाएका थिए। २४ रनमा ३ विकेट गुमाएको दक्षिण अफ्रिकाका लागि अइडन मारक्रम र डेविड मिल्लरले ७६ रनको साझेदारी गर्दै इनिङ्स अगाडि बढाएका थिए। मिल्लरले ४६ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा अविजित रहँदै सर्वाधिक ५६ रन बनाए। मारक्रमले ४१ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ५२ रन बनाए। कप्तान तेम्बा बभुमाले १० रन जोडे। भारतका अर्शदिप सिंहले २ तथा मोहम्मद शामी, हार्दिक पाण्ड्या र रविचन्द्रन आश्विनले समान १ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो। भारतका लागि सूर्यकुमार यादवले ४० बल खेल्दै ६ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ६८ रन बनाए। कप्तान रोहित शर्माले १५ र विराट कोहलीले १२ रन जोडे भने बाँकीले दोहोरो अंकमा रन जोड्न सकेनन्। भारतलाई १३३ रनमै रोक्ने क्रममा दक्षिण अफ्रिकाका लुंगी एनगिदीले ४ ओभरमा २९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै वायने पार्नेलले ४ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ३ विकेट लिए। एनरिक नोर्कियले १ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement