गान्तोक: ‘सिक्किममा केसर खेतीको सफल परीक्षणमाथि प्रस्तुति’ विषयमा राजभवनमा एक कार्यक्रम आयोजन गरियो। यस कार्यक्रममा राज्यपाल गंगा प्रसाद, कृषि एवं बागवानी विभाग मन्त्री लोकनाथ शर्मा, सिक्किम विश्वविद्यालयका उपकुलपति अविनाश खरे आदिको विशेष उपस्थित रहेको थिए।
राज्यपालले आफ्नो सम्बोधनमा कुनै पनि कामलाई सफल बनाउन निरन्तरता आवश्यक रहेको बताए। उनले भने, कृषि सदैव मेरो चिन्तनको विषय रहेको छ।उनले अझ भने, सिक्किममा केसरको खेतीको यात्रा अति महत्वपूर्ण माइल खुट्टी साबित भएको छ। यसले किसानहरूको आयमा वृद्धि मात्र हुने छैन, तर जम्मू-कश्मीरसॅंग मधुर सम्बन्ध पनि स्थापित हुनेछ। शोधको नयॉं दैलो खोलिने छ। यसले रोजगार पनि बढ्नेछ र राज्यको अर्थव्यवस्थाले देशको आर्थिक स्थितिमा टेवा पुग्नेछ।
कृषि मन्त्री शर्माले किसानहरूलाई अगाडि बढाउन राज्यपालको योगदान अतुलनीय रहेको बताए। उनले राज्यपालको रूचीकै कारण केशर खेतीको क्षेत्रमा अगाडि बढ्न सम्भव भएको बताए।सिक्किम विश्वविद्यालयका उपकुलपति अविनाश खरेले केसरको सफल परीक्षणमाथि प्रकाश पार्दै राज्यपालप्रति आभार व्यक्त गरे। उनले राज्यपालको यस दिशामा भूमिका पिता तुल्य रहेको बताए। उनले राज्यपालको व्यक्तिगत रूचिमा उच्चस्तरीय बैठकहरू राखिएको तथा उनको प्रोत्साहन एवं सहयोग उल्लेखनीय रहेको बताए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति पनि आभार व्यक्त गर्दै राज्य सरकारको सहयोगका कारण आज सिक्किममा केसर खेती सफल बनेको बताए।
यस क्रममा सिक्किम विश्वविद्यालयका प्रोफेसर शान्ति स्वरूप शर्माले सिक्किममा केसर खेतीको विकास यात्राको विस्तृत जानकारी दिए। कार्यक्रममा केसर खेतीसॅंग सम्बन्धित किसानहरूलाई सम्मानित गर्दै प्रशस्ति पत्र प्रदान गरियो।











