गान्तोक: सिक्किम भारतीय जनता पार्टी (बीजेपी) लाई ठूलो सफलता मिलेको छ। राज्यका विभिन्न निर्वाचन क्षेत्रका सात जना युवा औपचारिक रूपमा पार्टीमा प्रवेश गरेका हुन्। गान्तोकस्थित पार्टीको सिटी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनीहरू बीजेपीमा सामेल भएका हुन्।
नयाँ सदस्यहरूलाई बीजेपी सिक्किम प्रदेश अध्यक्ष डिआर थापाले पार्टीका कार्यकारी पदाधिकारीहरूको उपस्थितिमा न्यानो स्वागत गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी र राज्य नेतृत्वकोप्रति विश्वास व्यक्त गर्दै ती युवाहरूले भारतीय जनता पार्टीको दूरदृष्टि, सिद्धान्त र विचारधाराप्रति प्रतिबद्ध रहने अठोट व्यक्त गरेका छन्।
नवप्रवेशी युवाहरूसँगको अन्तरक्रियाका क्रममा प्रदेश अध्यक्ष डिआर थापाले सीप विकास, उद्यमशीलता, रोजगारी र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले मोदी सरकारले ल्याएका विभिन्न युवाकेन्द्रित योजना तथा पहलबारे जानकारी गराउनुभयो। उहाँले नयाँ युवा सदस्यहरूलाई यी अवसरहरूको सक्रिय रूपमा सदुपयोग गर्दै आत्मनिर्भर बन्न र समाज तथा राष्ट्रको विकासमा सार्थक योगदान पुऱ्याउन प्रोत्साहन गर्नुभयो।
विभिन्न निर्वाचन क्षेत्रबाट युवाहरूको बढ्दो सहभागिताले विकास, सुशासन र राष्ट्र निर्माणप्रति बीजेपीको प्रतिबद्धतामा बढ्दो विश्वास र भरोसालाई झल्काउँछ।
बीजेपी सिक्किमले नयाँ सदस्यहरूलाई स्वागत गर्दै पार्टी सङ्गठनलाई सुदृढ बनाउन र प्रगतिशील एवम् समृद्ध सिक्किमको सपना साकार पार्न उनीहरूको सक्रिय योगदानको अपेक्षा व्यक्त गरेको छ।





