हाइलो ओपनः महिला एकलमा पीभी सिन्धु च्याम्पियन

IMG-20261101-WA0102

नयाँ दिल्ली: भारतकी स्टार शट्लर खेलाड़ी पीभी सिन्धुले असाधारण प्रदर्शन गर्दै हाइलो ओपन सुपर ५०० ब्याडमिण्टन टुर्नामेण्टमा महिला एकलको खिताब जितिन्। आइतवार खेलिएको फाइनलमा दुईपल्टकी ओलम्पिक पदक विजेता सिन्धुले डेनमार्ककी विश्वकी २५औं नम्बरकी खेलाड़ी लाइन होजमार्क कजर्सफेल्टलाई सीधा गेममा २१-१२, २१-१४-ले पराजित गरे। यसको साथै सिन्धुले यस साल आफ्नो दोस्रो खिताब जितिन्। जर्मनीको सारब्रुकेनमा खेलिएको फाइऩलमा दोस्रो वरीयता प्राप्त सिन्धुले शुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरिन्। उनले शक्तिशाली स्म्याश, सटीक शट् र असाधारण रणनीतिको दममा आठौं वरीयता प्राप्त कजर्सफेल्टलाई अधिक मौका दिइनन्। यसरी उनले ३९ मिनटमै म्याच आफ्नो नाम गरिन्। सिन्धुले यसअघि जुलाईमा जापान ओपनको खिताब जितेकी थिइन्। यसरी गत हप्ता उनले फ्रेञ्च ओपनमा उपविजेताको रूपमा चित्त बुझाउनु परेको थियो। यसपाली हाइलो ओपनमा खिताब जितेर उनले असाधारण पुनरागमन गरिन्। फाइनलमा जीतको साथ सिन्धुले डेनमार्ककी प्रतिद्वन्द्वीविरुद्ध आफ्नो रेकर्ड ७-१ पुऱ्याइन्। कजर्सफेल्टविरुद्ध सिन्धुले एकमात्र हारको सामना २०२५-को सुदीरमन कपको फाइनलमा गर्नु परेको थियो। हाइलो ओपनमा खिताब जित्नको साथै विश्वकी आठौं नम्बरकी खेलाड़ी सिन्धुलाई ९२०० ऱ्याङकिंग अंक हासिल भयो। यसले सालको अन्तमा हुने विश्व टूर फाइनलमा स्थान बनाउने उनको सम्भावनाहरूलाई मजबूती प्राप्त हुनेछ।

About Author

Advertisement