नयाँ दिल्ली: तालिबानले गत वर्ष अफगानिस्तानलाई नियन्त्रणमा लिनुअघि जनरल अहमदी अफगान सेनामा विशेष अभियानको जिम्मेवारीमा थिए। उनको निगरानीमा सेनाका एक हजारभन्दा बढी सिपाही थिए। बीबीसी अफगान सेवाका खलील नुरीलाई दिएको अन्तर्वार्तामा उनले दलालहरूले यसअघि सेनामा सेवा गरिसकेका सिपाहीहरूलाई सम्पर्क गरिरहेको बताएका छन्। उनीहरूले युक्रेनको तर्फबाट सिरियामा लड्न तयार रहेका पूर्व सैनिकहरूलाई र रुसको तर्फबाट इरानलाई राम्रो पैसा दिइरहेका छन्।
यसबारे अहिलेसम्म रुसी अधिकारी र युक्रेनी अधिकारीहरूले कुनै टिप्पणी गरेका छैनन्। पूर्व जनरल फरीद अहमदीले भने, “यो दुर्भाग्यपूर्ण छ तर यो समाचार सत्य हो र अफगानिस्तानका पूर्व कमान्डोहरू विश्वका कम्तीमा छ ठाउँमा युद्धमा संलग्न छन्। यी ती ठाउँहरू हुन् जहाँ विश्वका ठूला शक्तिहरू संलग्न छन्, जस्तै इरान, सिरिया, नागोर्नो-काराबाख, युक्रेन र रूस।”
उनीहरूका अनुसार केही ठाउँमा पूर्व अफगान सैनिकहरू युद्धको मैदानमा पहिलो लाइनमा छन्। उनले भने, “युद्धमा कति अफगान भूतपूर्व सैनिकहरू संलग्न छन् भन्ने यकिन तथ्याङ्क उपलब्ध छैन किनभने उनीहरूले यो कुरा लुकाइरहेका छन्। तर यो थाहा छ कि यसका लागि नामहरू लेखिएको छ। र तालिबान जेलमा सजाय भोगेका जनरलहरू र आफ्नो घरमा लुकेर बसेका वा छिमेकी देशमा गएकालाई राम्रो पैसा, राम्रो जीवन र भिसाको अफर दिइन्छ।” उनले त्यस्ता पूर्व सैनिकहरूलाई कुनै पनि प्रलोभनमा नपर्न र युद्धमा नजान आग्रह गरे। उनले भने, “मेरो विचार हो कि उनीहरूले यो पटक्कै गर्नु हुँदैन। यो एकतर्फी टिकट हो र उनीहरू जहाँ जाँदैछन् त्यहाँबाट आफ्नो कफनमा फर्कने छैनन्।” तर, युद्धमा सामेल हुन कसैले सम्पर्क गरेको हो कि भनेर सोध्दा उनले आफूलाई कसैले प्रस्ताव नगरेको बताए।
अमेरिकाको प्रतिक्रिया
फक्स न्यूजका अनुसार अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताले भनेका छन् कि उनी रसियाले अफगानिस्तानका पूर्व सैनिकहरूलाई युद्धमा प्रयोग गर्ने प्रयासको बारेमा रिपोर्टहरू हेरिरहेका छन्। यद्यपी प्रवक्ताले यस विषयमा अझै केही भन्न नसकिने बताएका छन्। अमेरिकी गुप्तचर विभागमा काम गरेकी रेबेका कोफ्लर रणनीतिक खुफिया विशेषज्ञको रूपमा काम गर्छिन्। “अफगानिस्तानबाट अमेरिकाको अचानक प्रस्थानले हजारौं सैनिक, अनुवादक र स्थानीयहरूलाई देश छोड्न बाध्य तुल्यायो। तिनीहरूमध्ये धेरैले छिमेकी देशहरूमा शरण लिए,” उनी भन्छन्। उनी भन्छन्, “गुप्तचर जानकारीका अनुसार इरानले अफगान शरणार्थीहरूलाई रूसको लागि लड्न तयार गर्न मद्दत गरिरहेको छ।”











