खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारी नेताजी उच्च माध्यमिक विद्यालयमा विदाई कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रम विद्यालयका अवकाशप्राप्त भूतपूर्व प्रधान अध्यापक दिनेश प्रधानको बिदाईमा सम्पन्न भएको छ। विद्यालय सञ्चालन समितिका अध्यक्ष केवल राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सह-शिक्षिक नयन खातीले सञ्चालन गरेका थिए। कार्यक्रमको शुरुमा स्वगत सम्भाषण सह-शिक्षिका उषा खातीले राखेकी थिइन्। यसरी नै कार्यक्रममा सह-शिक्षिका कृति भूषाल अनि सुष्मा छेत्रीले कविता वाचन गरेका थिए भने विद्यालयका शिक्षक-शिक्षिकाहरुले सामुहिक गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा भूतपूर्व प्रधानाध्यापक दिनेश प्रधानको विषयमा तयार पारिएको भिडियो पनि प्रदर्शन गरिएको थियो। कार्यक्रममा उनलाई विद्यालय पक्षबाट शिक्षिका प्रभारी निना खालिङकल बाहुलीबाट शल ओढाएर अनि टोपी लगाएर सम्वर्ध्दना जनाइएको छ।त्यसरी नै नेताजी प्रथामिक पाठशालाका प्रधान अध्यापक राजेस गुरूङ अनि उनका सहकर्मीहरुद्वार पनि सम्वर्ध्दना जनाएका थिए।यसको साथै विद्यालय सञ्चालन समितिका अध्यक्ष केवल राई,भूतपू्र्व शिक्षिक-शिक्षिकाहरुद्वारा पनि सम्मान जनाएका थिए भने विद्यालयका अशिक्षणकर्मीहरुले पनि सम्मान जनाएका थिए।कार्यक्रममा विद्यार्थी नानीहरुले नृत्य, कविता वाचन, सामुहिक गीत आदि प्रस्तुुत गरेका थिए। प्रधान अध्यापक दिनेश प्रधानले सन् १९८९ देखि घैयाबारीको नेताजी हाई स्कूलमा शिक्षकको रूपमा ३७ वर्ष कार्य गरेर अवकाशप्राप्त भएका छन्। उनले आफ्नो जीवनको अमूल्य समय विद्यालय र विद्यार्थीहरुको लागि समर्पित गरेका छन्। उनको सम्मानमा विद्यालयका भूतपूर्व शिक्षिक-शिक्षिकाहरुको विशेष उपस्थिति रहेको थियो।साथै नेताजी प्रथामिक पाठशालाका प्रधान अध्यापक राजेश गुरूङ र सह-शिक्षक अनि विद्यार्थी नानीहरुको पनि उपस्थिति रहेको थियो।यस अवसरमा उनलाई सम्मान जनाउँदै नेताजी प्रथामिक पाठशालाका नानीहरुले पनि प्रस्तुति दिएका थिए।

कार्यक्रमलाई विद्यालयका भूतपूर्व शिक्षिक प्रभारी शेखरचन्द्र प्रधानले पनि सम्बोधन गरेका थिए। यसरी नै अवकाशप्राप्त प्रधानाध्यापक दिनेश प्रधानले आफ्नो वक्तव्यको क्रममा आफु यस विद्यालयबाट अवकाशप्राप्त भए तापनि विद्यालयलाई यदि आवश्यकता परेको खण्डमा सदैव तयार रहेको बताए। उनले सम्पूर्ण विद्यालय अनि विधार्थीहरुलाई आगामी दिनहरुको लागि शुभकामना व्यक्त गरेका थिए। उक्त कार्यक्रममा शिक्षिका प्रभारी निना खालिङले आमन्त्रित सम्पूर्ण अथितिवर्गलाई धन्यवाद ज्ञापन गरिन्। उनले नेताजी स्कूल परिवार पक्षबाट अवकाशप्राप्त प्रधानाध्यापक दिनेश प्रधानलाई अवकाशप्राप्त जीवनको शुभकामना दिइन्। अन्त्यमा कार्यक्रमका अध्यक्ष केवल राईले पनि अवकाशप्राप्त प्रधानाध्यापक दिनेश प्रधानलाई शुभकामना दिदै कार्यक्रम समापन गरिएको थियो।





