खरसाङमा गोर्खाल्याण्ड नौलो आन्दोलनमाथि जन चर्चा अभियान कार्यक्रम

c28e9df1-1db6-4baf-97d4-c7a0e4ef14d8

नगरपालिका चुनाव गोली खाएर प्राण दिएर भए पनि रोकेर देखाई दिनेछौँ: विक्रमादि राई

खरसाङ: गोर्खाल्याण्ड नौलो संघर्ष समितिको आयोजनामा खरसाङको गिध्द पहाडस्थित सार्वजनिक भवनमा गोर्खाल्याण्ड नौलो आन्दोलनमाथि जन चर्चा अभियान अन्तर्गत सभा सम्पन्न भएको छ। उक्त जन चर्चा अभियान कार्यक्रमको अध्यक्षता मोहन तामाङले गरेका थिए भने प्रमुख वक्ताको रुपमा गोर्खाल्याण्ड संघर्ष समितिका मुख्य संयोजक बिक्रमादि राई उपस्थित रहेका थिए। कुसाङ तामाङले सञ्चालन गरेको उक्त जन चर्चा अभियान कार्यक्रमलाई दर्शन योञ्जन, मन्ना त्रिखत्री आदिले पनि वक्तव्य राखेका थिए। यस जन चर्चा अभियान कार्यक्रममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै गोर्खाल्याण्ड नौलो संघर्ष समितिका मुख्य संयोजक बिक्रमादि राईले नगरपालिका चुनाव गोली खाएर प्राण दिएर भए पनि रोकेर देखाई दिने वचनबद्धता प्रकट गरेका छन्। उनले हामी नगरपालिका चुनाउको घोर विरोध गर्नेछौं भनी बताउँदै हामी नगरपालिका चुनाउको विरोधमा उत्रनेछौँ भनी बताएका छन्। राईले भने, भारतीय जनता पार्टीले कुन नैतिकताको आधारमा नगरपालिका चुनाउ गराउँछ। नगरपालिका चुनाउ भए पहाडमा चुनाउको किराहरु निस्कन्छ। पहाडमा नगरपालिका चुनाव भए जीटीए चुनाव पनि हुनसक्छ अनि नेताहरु आछी खानु पनि बेर लगाउँदैन।’ विक्रमादि राईले तीन सय करोडमा ताल चुहाउने नेताहरु छन् पहाडमा अनि कताबाट हुन्छ गोर्खाल्याण्ड भनी बताएका छन्। उनले हामीले हरेकपटक गोर्खाल्याण्डको आन्दोलनमा सडकमा जितेको हो तर केवल टेबलमा मात्र हारेको हो र टेबलमा जित्नलाई बुध्दीजिवी नेता चाहिन्छ। नेताहरु अध्ययनशील र दूरदर्शी नेताहरु चाहिन्छ तर हाम्रो नेताहरु बुध्दीजीवी, अध्ययनशील र दूरदर्शी नै छैनन् भनी बताएका छन्। उनले आफ्नो सम्बोधनमा भने, सुवास घिसिङपछि यता कोही असल नेता आएनन्। हामी मुद्दालाई लिएर अघि बढ्नेछौँ। यसको लागि हामीले नौलो गोर्खाल्याण्ड आन्दोलन 15 अगस्तदेखि शुरु गरिएको हो। यो आन्दोलन जारी रहनेछ। यो आन्दोलनको दियोको उज्यालो दिल्लीको सरकारले नदेखेसम्म जारी रहनेछ। अघि अघिको आन्दोलन चिच्चाएर कराएर मात्रै नगरेको हो। नेता भाग्यो, जनता जेल गयो। तर नेताले अघिबाट अगुवाई गर्नुपर्छ। जेल पनि जानुपर्छ।’
विक्रमादि राईले आरोप लगाउँदै भने, पहाडका चारजना तथाकथित नेताहरुले गर्दा हालमा हाम्रो मन मुद्दा पछाडिएको छ। किनभने उनीहरुलाई केवल लालकोठीको चौकी चाहिएको छ। चारैजनालाई सरकारले सन्तुलन राखेर राजनीति गरिरहेको छ। चारजना नेताहरुलाई सरकारले केवल प्रयोग मात्र गरिरहेछ।’
उनले अघि भने, ‘हामीले स्वीकार्न नै नसक्ने नेताहरु भएपछि जनताको आकांक्षा पूरा गर्न सक्दैन। दिल्ली र कोलकोताले हाम्रो नेताहरुलाई नपत्याएको कारणले अहिलेसम्म केही नभएको हो। गोर्खाल्याण्ड संघर्ष समितिले नेतृत्व परिवर्तन गराउन चाहान्छ। पुरानो नेतृत्व खोस्नुपर्छ।’
कार्यक्रममा उपस्थित जनताले सोधेका विभिन्न प्रश्नहरुको विक्रमादि राईले उत्तर दिएका थिए।

About Author

Advertisement