सिक्किम लोक भवनमा जम्मू-कश्मीर र लद्दाखको स्थापना दिवस मनाइयो

FB_IMG_1793460207526

​गान्तोक: सिक्किमस्थित लोक भवनमा आज केन्द्रशासित प्रदेश जम्मू-कश्मीर र लद्दाखको स्थापना दिवस भव्यताका साथ मनाइएको छ। सन् २०१९ को ३१ अक्टोबरका दिन जम्मू-कश्मीरको पुनर्गठन गरी जम्मू-कश्मीर र लद्दाखलाई छुट्टाछुट्टै केन्द्रशासित प्रदेशका रूपमा औपचारिक मान्यता दिएको थियो।
​लोक भवनबाट प्राप्त जानकारीअनुसार, भारत सरकारको ‘एक भारत श्रेष्ठ भारत’ कार्यक्रमअन्तर्गत उक्त समारोहको आयोजना गरिएको हो। देशको एकता र अखण्डतालाई सुदृढ बनाउनुका साथै विविधतामा एकताको भावनालाई उत्सवका रूपमा प्रवर्द्धन गर्नु यस अभियानको मुख्य उद्देश्य रहेको छ। यसै अभियानअन्तर्गत सिक्किम लोक भवनले विभिन्न राज्य तथा केन्द्रशासित प्रदेशहरूको स्थापना दिवस नियमित रूपमा मनाउँदै आएको छ।
​संयुक्त सचिव दिवस गौतमको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा उनले जम्मू-कश्मीर र लद्दाखको ऐतिहासिक महत्त्व, समृद्ध संस्कृति तथा तिनको विकास यात्राबारे विस्तृत प्रकाश पारेका थिए।

समारोहमा लोक भवन परिवारका सदस्यहरूसँगै विभिन्न विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement