सेन्ट्रल डुवर्स चियाबारी शाखामा सोजोङ ञ्युङने उपषोध भब्यरुपमा हुने

2c2eef64-f37b-4aa9-9dc5-f6dcff65c1a2

कालचिनी – कालचिनी खण्डको भारत भोटाङ सीमान्त गाउँ सेन्ट्रल डुवर्स चियाबारीमा आगामी २९ दिसम्बरको दिनदेखि शुरु हुने ३०औँ सोजोङ ञ्युङ्ने उपषोध कार्यक्रम साथै अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको बार्षिक अधिवेशनलाई केन्द्र गरेर आज सेन्ट्रल डुवर्स चियाबारीको हातीमारा डिभिजनमा आयोजक कमिटीलाई लिएर एउटा तयारी सभाको आयोजना गरिएको जानकारी संघका केन्द्रीय महासचिव आचार्य सांग्ये छ्योफेलले दिएका छन्।

अखिल भारतीय महायान बौद्ध म्हाणीपा संघका केन्द्रीय समिति‌ अनि आउँदो ३०औ सोजोङ ज्युङने उपषोध अनि वार्षिक अधिवेशनको आयोजक समिति सदस्यहरुलाई समेटेर स्थानीय समाजसेवी मदनकुमार लामाको सभापतित्वमा सभा सम्पन्न भएको थियो भने सभाको आरम्भमा क्याब्डो पाठ पश्चात आयोजक सचिव समित लामाले कार्यक्रम तयारीबारे विस्तृत जानकारी प्रस्तुत गरेको थियो। केन्द्रीय कमिटीको पक्षबाट अर्जुनकुमार लामा, जंगबीर बम्जन, लामा जम्पा, लामा योन्तेन र प्रेम मोक्तान आदिले पनि सल्लाह सम्बोधन राखेको थियो।

आयोजक कमिटीको पक्षबाट राजेन लामा र प्रेम योञ्जनले कार्यक्रमको तयारीबारे विस्तृत जानकारी तथा खाका प्रस्तुत गरेको थियो। आज सम्पन्न सो सभामा गोपाल मोक्तान, सिकास लामा, कर्म वाईबा,आनान्द लामा,सुरेश लामा, साँईला मोक्तान, बिशेषरुपमा उपस्थित रहेको थियो भने आउँदो २९ दिसम्बर देखि १ जनवरी २०२३ सम्म सम्पन्न हुने ञ्युङ्ने उपषोध साथै संघको बार्षिक अधिवेशनमा मुख्य अतिथिको रुपमा नयाँ दिल्लीबाट अन्तर्राष्ट्रिय बौद्ध महासंघको महासचिव डा. भान्ते धम्मपियको आगमन हुने अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको महासचिव तथा धर्मगुरु आचार्य सांग्ये छ्योफेलले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement