राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा एसएसबीको मोटरबाइक ऱ्याली

791e5f8c-d8ae-4e14-99f0-0ea9940a9fe9

कालचिनी – राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजनामा फालाकाटा क्षेत्रमा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट मनोहरलाल र सेकेन्ड कमान्डेन्ट धीरज कुमारको नेतृत्वमा मोटरबाइक ऱ्यालीको आयोजना गरियो।

उक्त मोटरबाइक ऱ्यालीले एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको सीमा क्षेत्र लगायत फालाकाटा सहरको परिक्रमा गरेको थियो भने एसएसबीको सीमा क्षेत्रहरुमा पनि एसएसबी जवानहरुले मोटरबाइक ऱ्याली सम्पन्न गरेको एसएसबी सुत्रले जनाएका छन।यसको मुख्य उद्देश्य देशप्रेम बढ़ाउन अनि राष्ट्रिय एकता कायम गर्न आह्वान नागरिक समक्ष गरिएको र यस अवसरमा ठाउँ ठाउँमा एसएसबी जवानहरुले सफाई अभियान पनि सम्पन्न गरेको जनाएका छन। शनिबार पनि यसरी नै एसएसबी ५३ वाहिनीद्वारा साइकल ऱ्यालीको आयोजना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement